इटालीको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या २६७, उद्धार जारी

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

इटाली । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी ज्यान जानेको सङ्ख्याको २६७ छ । इटालीको नागरिक प्रतिरक्षा विभागले शुक्रबार बिहान सो जानकारी दिएको छ ।

उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

अमात्रिसमा मात्र २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको यहाँका मेयर सर्गीओ पिरोजीले बताएका छन् ।

इटालीको अमात्रिस गाउँको जनसङ्ख्या करिब २ हजार ५०० मात्र रहेको छ । भूकम्पले अति प्रभावित यस इलाकामा बढी क्षति भएको बताइएको छ ।

अमात्रिस गाउँमा अवस्थित होटेल रोमामा बसेका करिब ३२ जना पाहुना बेपत्ता रहेका अन्तराष्ट्रिय समाचार समितिहरुले हिजो जनाएका थिए । उनीहरु भूकम्पले ढालेको भग्नाबशेषभित्र परेका जनाइएको छ ।

बुधबार बिहान सवेरै ६।२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ ।

सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!