हिमाली जिल्लामा चलखेल गर्दै भारतीय राजदूत राय, पाँच दिनको भ्रमणका लागी मनाङमा

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

बेंसीशहर । नेपालका लागि भारतीय राजदूत रणजीत राय पाँचदिने भ्रमणका लागि हिमालपारिको जिल्ला मनाङ पुगेका छन् ।

भारतीय राजदूतावासको सहयोगमा मनाङमा निर्माण गरिएको ऐतिहासिक गुम्बा तथा विभिन्न सम्पदाको निरीक्षणका क्रममा राजदूत राय मनाङ पुगेका हुन्।

हेलिकप्टरबाट उनी बिहान १०।४५ बजे माथिल्लो मनाङ पुगेका हुन् । राजदूत राय विकट गाविस फू गाउँमा ओर्लने कार्यक्रम भए पनि खराब मौसमका कारण माथिल्लो मनाङमा अवतरण गराइएको प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसीले जानकारी दिए ।

राजदूत राय भ्रमणका क्रममा ‘आइसलेक’, ऐतिहासिक मिलेरेपा गुफा, मनाङको गङ्गापूर्ण पुग्नेछन् भने भारतीय दूतावासको सहयोगमा तीन वर्षदेखि करिब रु तीन करोडको लगानीमा मर्मत भइरहेको खाङसारस्थित तारे गुम्बाको अवलोकन गर्ने कार्यक्रम रहेको छ । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!