आरजुलाई देउवा लागे सिङ्गापुर

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा स्वास्थ्य उपचारका लागि सिङ्गापुर गएका छन् ।

सभापति देउवा नियमित उपचारको सिलसिलामा धर्मपत्नी आरजु देउवाका साथ आज दिउँसो सिङ्गापुर प्रस्थान गरेको उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

पेटको पाचन समस्याको उपचारका लागि सिङ्गापुर जानुभएका सभापति देउवा यही भदौ १६ गते स्वदेश फर्कनेछन् । काँग्रेसका तर्फबाट सरकारमा सहभागी हुने १३ जना मन्त्रीको शपथपछि उनी आज त्यसतर्फ गएका हुन् । रासस


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!