फ्यानको कटफ्लावर म्यानेजमेन्ट तालिम सुरु

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । फ्लोरिकल्चर एशोसिएशन नेपाल (फ्यान) को आयोजना तथा  नेपाल सरकार कृषि बिकास मन्त्रालयको सहयोगमा कटफ्लावर खुद्रा पसल व्यवस्थापन तालिम राजधानीमा सुरु भएको छ । नेदरल्याण्डस्थित एक्सपर्टहरुको संस्था पम को प्राबिधीक सहयोगमा सुरु भएको तालिम ५ दिनको रहेको छ । देशका बिभिन्न जिल्लाका ३५ जनाको सहभागिता रहेको यस तालिममा पमका एक्सपर्ट जन केई ले तालिम दिनेछन् । उनले तालिम दिन पूर्ब ५ दिन सम्म उपत्यकाका सबै कटफ्लावरका थोक तथा खुद्रा पसल र केही कटफ्लावर फार्मको समेत अध्ययन भ्रमण गरि वस्तुस्थितीको जानकारी लिएका थिए ।
तालिमको उद्घाटन सत्रमा पुष्प बिकास केन्द्रका प्रमुख द्रोणराज काफ्ले, जिल्ला कृषि बिकास कार्यालय भक्तपुरका प्रमुख पूर्ण ढुंगाना, जिल्ला कृषि बिकास कार्यालय ललितपुरका प्रतिनिधी, फ्लोरिकल्चर एशोसिएशन नेपालका निवर्तमान अध्यक्ष लोकनाथ गैरे, पमका नेपाल प्रतिनिधी लजली बज्राचार्यको उपस्थिती रहेको थियो । तालिमको मुख्य उदेश्य कट फ्लावरका खुद्रा पसलहररुको समस्या पहिचान गरि उनिहरुको क्षमता बिकास गर्ने रहेको बताउँदे फ्यानका कार्यबाहक अध्यक्ष दिलिप बादेले नेदरल्याण्डको कटफ्लावर एरेन्जमेन्ट तरिका र अन्र्तराष्ट्रिय स्तरमा भएका बिधीलाई नेपालमा ल्याउनु रहेको जानकारी दिए । कट्फ्लावर क्षेत्रमा चल्दै आएको एरेन्जमेन्ट तरिकालाई परिबर्तन ल्याउन जरुरी भएको बताउँदै एक्सपर्ट जेन कि ले यो तालिमपछि सबै व्यवसायीहरुको काम गर्ने शैली परिबर्तन हुने बताए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!