सरकारले सामान सार्न एक साताको समय समेत नदिई नर्सरीमा डोजर चलायो

- July 9, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कठमाडौं । सरकारको स्वामित्वमा रहेको भनिएको काठमाडांै बत्तितपुतली ९ मा रहेको जग्गा भाडामा लिई पुष्प व्यवसाय गरि रहेको जय किसान नर्सरी, रोजमेट गार्डेनीङ तथा पञ्चकुमारी नर्सरीमा शुक्रबार घरेलु तथा साना उद्योग बिकास समितिले जग्गा खाली गराउने नाममा ठूलो पुँजी, श्रम र समय लगाएर उत्पादन गरिरहेको फूलको बोट बिरुवाहरु तथा भौतिक संरचना पुरै ध्वस्त पारीएको बारे गम्भीर ध्यानकर्षण भएको जनाएको छ । शनिबार फ्लोरिकल्चर एशोसिएसन नेपालले पत्रकार सम्मेलन गरि सो ध्यानकर्षण भएको जनाएको छ । सो जग्गामा रहेको नर्सरीको सवै सामान सार्न १ घण्टाको समय माग गर्दा समेत समय नदिई व्यवसायी माथि सरकारले गैरकानुनी तरिकाले गरेको ज्यादतीको बारेमा क्षतिपुर्ति माग गर्दै पिडितहरुले फ्यानमा निबेदन समेत दिएको जनाएको छ ।

पिडित पुष्प व्यवसायीहरुको मागलाई ध्यानमा राख्दै समितीले टहरा बाट सरसमान तथा पुष्पको गमला, बिरुवा र उपकरण उपकरण लगायतका सामाग्री निकाल्ने समय नदिदा नर्सरी संचालकहरु सडकमा आएको सो महासंघले जनाएको छ । राज्यको सम्पती हडप्ने पुष्प व्यवसायीहरुको उदेश्य नरहेको र सो मुद्दा चलिरेको खाली जग्गामा ४ दशक देखि मोही लक्ष्मण श्रेष्ठ, बिद्यादेवी श्रेष्ठ र मैयादेवी श्रेष्ठसंग भाडामा लिई व्यवसाय संचालन गर्दै आएको जानकारी गराएको छ । घरेलु तथा साना उद्योग समितिले असार २१ मा पत्रिकामा सूचना प्रकाशन गर्दा पनि हद म्याद नदिई तत्काल जग्गा खाली गरि दिन हुन भनेर सूचना प्रकाशन गरि सूचना प्रकाशनको २ दिन नबित्दै जय किसान नर्सरी रोजमेट गार्डेनिङ र पञ्चकुमारी नर्सरी अमानबिय दमनको सिकार बन्न पुगेको गुनासो व्यवसायीहरुले गरेका छन् ।

व्यवसायीहरुले भनेका छन्,‘अदालतको निर्णयको सम्मान गर्दछौं र मान्न तयार छौं, हामीलाई जमिन खाली गर्न एक हप्ताको समय सिमा उपलब्ध गराई दिन हुन भनि तत्काल सम्बन्धित निकायका प्रमुखसंग अनुनय बिनय गर्दा समेत सुनुवाई नगरी क्रुर दमन गरि पुष्प व्यवसायीलाई सडकमा ल्याउने हर्कत गरेको छ, यो कानुन विपरित रहेको छ ।’ मुद्धा मामीला चलिरहेको लामो समय भईसकेको साथै जमिन जस्को स्वामित्वमा भएपनि व्यवसायीको लगानी माथि यति निकृष्ट प्रकारको दमनको हामी घोर भ्रत्सना गरेको छ । साथै पिडितलाई उचित क्षतिपुर्तिको व्यवस्था मिलाई दिन हामी सरकारसंग जोडदार माग समेत गरेको छ ।
फस्टाउदो पुष्प व्यवसायसंग आबद्ध युवा पुस्ता यस्तो गतिबिधीका कारण लगानी असुरक्षाको महसुस गरेको समेत गरिएको छ । पुष्प व्यवसायीहरुले बिभीन्न बित्तिय संस्थाबाट कर्जा लिई व्यवसायमा लगानी गरेको ३ करोड भन्दा बढिको सम्पत्ति क्षती भएको पिडितहरुले जनाएका छन् । सरकारले कुनै समय नदिई एकाएक नर्सरीमा डोजर चलाएपछि जय किसन नर्सरीका अन्जनी बादेको १ करोड, जग्गा भाडा मासिक १५ हजार, बैंक र सहकारीको ऋण २५ लाख रुपैयाँ क्षति पुगेको जनाएको छ ।

लक्ष्मी बैंक, उन्नती बचत तथा सहकारी र फ्लोरिकल्चर सहकारी मार्फम सिजनल बिरुवा ३५ हजार, अनामेन्टल प्लान्ट २६ हजार २ सय ५०, सेल्स काउनटर १ वटा, गोदाम घर १ वटा, बस्ने टहरा १ वटा, गमला १२ सय, मल ५ हजार केजी, सेरामिक एण्ड प्लाष्टिक पट १ हजार वटा, थोपा सिंचाइ सामग्री ५ लाख खर्च गरि बनाइएको, बिउ २ लाख भन्दा बढी, बिषादी ५० हजार रुपैयाँ भन्दा बढीको नष्ट भएको जनाएको छ । अर्का व्यवसायी हिराकाजी महर्जनको  पन्चकुमारी नर्सरी १ करोड ५० लाख र एभरेष्ट बैंक मार्फत ऋण ५० लाख रुपैयाँ रहेको छ । टिकाराम बुढाथोकीको रोज मेट गार्डेनिङको १५ लाख, जग्गा भाडा ३ हजार मासिक र ऋण ६ लाख रुपैयाँ क्षति पुगेको जनाइएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!