रिचार्जरमा कोरोना प्रतिरोधात्मक जुस किन्दा के एन ९५ मास्क सित्तैमा

- June 28, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान के एन ९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजे देखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तिमा १० बोत्तल भिटामिन सी युक्त डबल सी ब्रान्डको जुस अडर गर्नेहरुलाई निशुल्क मास्क उपलब्ध गराउने भएको हो । उक्त सेल अवधिमा जुस अडर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडीम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाईल एप डाउनलोड गरि खाता सञ्चालन गर्ना साथ एक हजार क्यास प्वाइण्ट पाईने रिचार्जरले जनाएको छ । साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडीम गरेर जुस किन्दा मास्क निशुल्क पाईने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए ।
‘अहिले बजारमा १० ओटा मास्कको मूल्य नै एक हजार रुपैया भन्दा धेरै पर्छ । त्यहि भएर थाईल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटि बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’ अलाईभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ । मोबाइल, ल्यापटप तथा इलेक्टोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टा भित्रमा डेलिभरी हुनेछ ।  रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटल लगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । जतिको रिचार्ज गर्यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभी लगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्यान्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!