पूर्वसूचनामन्त्री बस्नेतद्वारा सबै स्वास्थ्यकर्मीको बिमा गरिदिने घोषणा

- May 22, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सिन्धुपाल्चोक। पूर्वसूचनामन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकभित्र कर्यरत सम्पुर्ण स्वास्थ्यकर्मीहरुको म्यादी जीवन बिमा गर्ने घोषणा गरेकाछन् । पूर्वसूचनामन्त्री बस्नेतले सिन्धुपाल्चोकमा कार्यरत स्वास्थ्यकर्मीहरु असुरक्षित रहेकाभन्दै स्वास्थ्यकर्मीहरुको बिमा गरिदिने घोषणा गरेको बताएका छन् । पुर्वमन्त्री बस्नेतले जिल्लाको सरकारी हस्पिटल, प्राथमिक स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उपस्वास्थ्य चौकीमा कार्यरत डाक्टर देखि कार्यालय सहयोगीलगायत सम्पुर्ण तहका स्वास्थ्यकर्मीलाई कोरोना बिमा (सामुहिक म्यादी जीवन बिमा) गरिदिने जनाएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!