हेलम्बु गापले दिर्धरोगीलाई औषधी वितरण गरेको झुटो प्रचार : स्वस्थ्य र विरामीको नाममा रकम निकासा गरी अनियमिकता

- May 1, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
हेलम्बु । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरुले स्थानीय बासिन्दाहरुलाई लक्षित गरी चर्चामा रहने तर अत्याधिक रकम आफुखुशी खर्च गर्न पाउने योजना बनाई अनियमिकता गरेको खुलासा भएको छ । स्थानीय तहहरु घरघरमा पुगी निःशुल्क स्वास्थ्य सेवा तथा औषधि वितरण गरिरहेको प्रचार गर्दै आएको सो गाउँपालिकाले कहाँ वितरण गरेको छ भन्ने बारे भने कुनै खुलाएको छैन । केही नजिकका मानिसलाई औषधी दिएर लाखौ रुपैयाँ हिनामिना गर्दै आएको सो गाउँपालिकाका अध्यक्ष नीमाग्याल्जेन लामा, सोही गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत भीम कोईराला र केही वडा अध्यक्षहरुको संलग्नतामा चर्चापरिचर्चा पाउने कार्यमा आफुखुशी रकम निकासा गरी अनियमिकता गरेको सम्बन्धित क्षेत्रमा कार्यरत केही स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन् । स्वास्थ्य र विरामीहरुको नाममा गाउँपालिकाले चर्चा र काम गरेको देखाउनकै लागि गाउँपालिकाभित्र रहेका नियमित औषधी प्रयोग गर्दै आएका विरामी, दिर्धरोगीकालागि निःशुल्क औषधी घरमै पु¥याईदिने भन्दै घोषणा गरेपनि सो कहाँ कसरी वितरण भयो भन्ने बारे समेत सम्बन्धित विरामीले भने अहिलेसम्म नपाएको गुनासो गर्दै आएका छन् ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गाउँगाउँमा स्वास्थ टोली परिचालन गरेपनि स्वास्थ्यकर्मीनै असुरक्षित रहेको पाइएको छ । बाहिरबाट हेलम्बु प्रवेश गर्ने हरेक व्यक्तिको हेलम्बु प्रवेशविन्दुमै जाँचको प्रबन्ध मिलाएको भनी प्रचार गरेपनि जतिभने अनुसार कुनै कार्य नभएको र सामान्य ज्वरो नाप्ने र मास्स लगाउन सुझाब दिने बाहेक अरु कुनै कार्य गर्न सकेको छैन । भने स्वास्थ्य चेकमा बसेका स्वास्थ्यकर्मी समेत आफै असुरक्षित रहेको गुनासो गर्दा समेत सो बारे कुनै सुनुवाई नभएको दुखेसो स्वास्थ्यकर्मीले गरेका छन् । स्थानीय तहमा उपलब्ध स्वास्थ्यकर्मीका अलावा अन्य स्थानीय दुई चिकित्सकलाई गाउँपालिकामा नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक सल्लाह सुझाव, सामग्री उपलब्ध गराउदै आएको हुँकार गरेपनि सो हालै सोही गाउपालिका वडा नम्बर ७ मा भने एक दिर्धरोगीले आफ्नै श्रीमतीलाई हिर्काएर हत्या गरेंगै गाउँपालिका आफ्नै नातेदार र गुलामी गर्नेलाई मात्र सो सेवा पु¥याएको पुष्टी भएको छ । सो गाँउपलिकाले गाउँगाउँ टोलटोल र घरघरमा स्वास्थ्य टोली परिचालन गरेको र सवै विवरण संकलन गरेको झुटो प्रचार समेत गरेको सो घटनाबाट पुष्टी भएको छ ।

प्राप्त सूचनाअनुसार सो गाउपालिका ७ बंगारे घर भएका ३५ वर्षीय रामबहादुर तामाङले ३० वर्षीया अस्मिता तामाङलाई भैसी बाँध्ने काठको किलोले टाउकोमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सिन्धुपाल्चोकले जनाएको छ । सो ७ नम्बर वडाध्यक्ष खेतनाथ घिमिरेका अनुसार बिहानको खाना खाएर चुठ्न लाग्दा पछाडिबाट किलोले श्रीमतीको टाउकोमा हानेर हत्या गरेको जनाएका छन् । निज रामबहादुर लामो समयदेखि मानसिक रोगको औषधि खाइरहेको समेत बताइएको छ । यसरी टोलटोल घरघरमा दिर्धरोगीको पहिचान गरेर औषधी वितरण गरेको भन्दै प्रचार गर्दै आएका अध्यक्ष लामासंग पटकपटक सो विषयमा बुझ्नकालागि फोन सम्र्पक गर्दा उनले ९८४१–४७……नम्बरलाई कालोसूचीमा राखेका कारण सम्र्पक हुन सकेन । सस्तो चर्चा कमाएर बास्तविकतालाई लुकाउदै सो गाउँपालिका आई रहेको पाईएको छ । पटकपटक सो पालिकासंग भएगरेका खर्च विवरण र कार्यसम्पादन गरेको विवरण लिखित रुपमा माग गर्दा समेत अहिले सम्म उपलव्ध गराउन मानेको छैन ।

अध्यक्ष लामाले गाउँपालिकाबाट कुनै पनि विवरण उपलव्ध नगराउनु भन्दै सम्बन्तिध कर्मचारीलाई निर्देशन समेत दिएको पाइएको छ । यसैगरी, हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिहरुको मिलिमतोमा भएका अनियममिताका सम्बन्धमा समाचार लेख्नेमाथी सामाजिक सञ्जालमा जथाभाबी लेख्न र सो गर्दा पनि समाचार लेखेमा भौतिक आक्रमण गर्नकालागि समेत केही युवालाई परिचालन गरेको गोप्य सूचना प्राप्त भएको छ । सो सम्बन्धमा थप खोजीकार्य तीब्रखबर डटकमले जारी राखेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट