वडाअध्यक्षको यस्तो हर्कत : दुई दलित महिलाको अवस्था चिन्ताजनक

- April 9, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

दोलखा । दलित महिलालाई अपशब्द बोल्दै तामाकोशी गाउँपालिका–५ का वडा अध्यक्षको टोलीले मरासन्न अबस्था हुने गरी कुटपिट गरेका छन् ।

मादक पदार्थ सेवन गरी वडाध्यक्ष राजकुमार रोक्का, मदन खड्का, भुमिराज रोक्का, कपिल फुयाँल र ईश्वर रोक्कासहितको ३०–४० जनाको समुह दलित बस्तीमा पसी महिलामाथि तथानाम गालिबेज्याती गर्दै दलितको पसल अगाडी पिसाब फेरी कुटपिट गरेका हुन ।

कुटपिटबाट घाइते भएको दुइ महिला र दुइ पुरुषलाई दोलखाका अस्पतालमा उपचारार्थ भर्ना गरिएकोछ । टाउकोमा चोट लागी सक्तघाईते भएको भुवन मिजार र कमल मिजारको चरिकोटस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको घाइतेका आफन्त डबल मिजारले बताएकाछन । शरिर भरि निल डाम भएका दुइ जना दलित महिला सिता र गिता मिजारको स्थानिय स्वास्थ्य चौकीका उपचार भइरहेको मिजारले जानकारी दिए ।

जनप्रतिनिधि भएर सार्वसानिक स्थलमा पटक–पटक दलितको बुद्धि हुदैन भन्दै अपशब्द बोल्ने रोक्कालाई योभन्दा पहिला पनि स्थानिय प्रशासनमा दलित समुदायले उजुरी गरेका थिए । गाँजा, रक्सी सेवन गरी बोल्दै हिड्ने अध्यक्षलाई एक पटक सचेत दलित युवाहरुले माफि दिएको परिमाण यस पटक मरासन्न अबस्था हुने गरी कुटाई खानु परेको तितो यर्थाथता सुनाउदै तामाकोशी गाउँपालिका ५ अर्खोलेका मिराजारले भने ‘हामीले दलित भएर बाँच्न नपाउने ?’

कानुनी राज्यको उपहास गर्दै हामी माथि गरेको अत्याचारको कानुनी कार्वाही हुनु पर्छ म राज्य संग अपिल गर्दछु मिजारले भने । महिला माथि हातपात गर्दै अस्मिता लुटन हर्कत गर्ने वडा अध्यक्ष लगायतको टोलीलाई कानुनी दायरमा ल्याउन मानव अधिकारवादी संघ संस्थाहरुलाई समेत उनले आग्रह गरेका छन ।

घाइते दुइको अबस्थामा चिन्ताजन रहेको चरिकोटस्थित सामुदायिक अस्पतालले जनाएको छ । प्रहरीले कुटपिट गर्नेलाई हालसम्म नसमातेकोमा पीडितहरुले असन्तुष्ट रहेका छन् । -दीपशंकर चौलागाई, राजधानीबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!