लकडाउन : एक वडाबाट अर्को वडा जान पास अनिवार्य

- April 6, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

गुल्मी : कोरोना नियन्त्रण गर्न सरकारले स्थानीय तह, प्रदेश र जिल्ला प्रवेशमा रोक गरिरहेका बेला गुल्मीको एक गाउँपालिकाले एक वडाबाट अर्को वडामै प्रवेश गर्न रोक लगाएको छ । मालिका गाउँपालिका गुल्मीले आफ्ना ८ वटा वडाबाट गाउँपालिकाकै अर्को वडामा जानका लागि अनिवार्य पास लिनुपर्ने प्रावधान बनाइएको छ । अत्यावश्यक काम बाहेक अन्यलाई पास नदिइने समेत समेत वडा नम्बर ६ का अध्यक्ष एवं गाउँपालिका प्रवक्ता शोभाखर गिरीले जानकारी गराए ।

मालिका गाउँपालिका छिमेकी बाग्लुङ जिल्लासँग जोडिएकाले सतर्कता उच्च बनाइएको उनको भनाई छ । कोरोनाको भाइरस गाउँमा फैलिन नदिनका लागि गाउँपालिकाले विशेष अभियान चलाइरहेको गिरीले बताए ।

एक वडाबाट अर्को वडामा प्रवेश गर्ने स्थानमा स्थानीयले बाँसका बेरिङ बनाएर आवगमन रोकेका छन् । भारत लगाएत तेस्रो मुलुकबाट आएका १० जना स्थानीयलाई गाउँकै क्वारेन्टाइनमा राखिएको छ । अन्य व्यक्तिलाई होम क्वारेन्टाइनमा बस्न समेत गाउँपालिकाले आग्रह गरेको छ ।  -गंगा खड्का, अन्नपूर्णबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!