हेलम्बु गापका अध्यक्षकाे निर्देशन : बजेट खर्चको कुनै विवरण नदिनु

- March 18, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

क्राईम व्यूराे

सिन्धुपाल्चोक (हेलम्बु) । स्थानीय सरकार बनेपछि सबैभन्दा बढी अनियमितता र भ्रष्टाचार भएकाे उजुरी अख्तियार दुरुपयोग अनुसन्धान आयाेगमा पर्ने क्रम जारि छ । स्थानीय विकासमा खर्च गर्ने गराउनेभन्दै केन्द्रीय सरकारले दिएकाे रकम अहिले गाउँ पालिका र नगरपालिकाकाे जनप्रतिनिधिकाे याेजनामा आफुअनुकुल बजेट खर्च गरि अनियमितता गरेकाे प्रमाण समेत प्राप्त हुनेक्रम जारि रहेकाे छ । पछिल्लो पटक नमुना गाउपालिका बनाउने भन्दै सिन्धुपाल्चोककोकाे हेलम्बु गाउपालिकाकाे अध्यक्ष निमाग्याल्जेन लामा र प्रमुख प्रशासकीय अधिकृत भीमराज काेईरालाकाे याेजनामा बजेट हिनामिना गरेकाे प्रमाण तीब्रखबरलाई प्राप्त हुनेक्रम जारि छ ।

साे गाउँपालिकामा गत आर्थिक वर्ष २०७५/०७६ काे विनियोजित बजेटमध्ये सञ्चार क्षेत्रमा विनियोजन गरेकाे २० लाख रूपैयाँकाे खर्च विवरण माग गरेपछि अहिले साे गाउपालिकाभित्र हलचल मञ्चिएकाे छ । गत साता साे गाउपालिकाका अध्यक्ष लामाले कुनै पनि विवरण काेही कसैलाई नदिनु भन्दै कडा निर्देशन दिएकाे  सुचना प्राप्त भएकाे छ। साे गाउपालिकाका लामा, प्रमुख काेईराला र लेखापाल चेतकुमार कार्कीकाे याेजनामा केही पत्रिका, रेडियाे, टेलिभिजनकाे नाममा पर्यटकीय क्षेत्रकाे प्रचारप्रसार गरेकाे भन्दै नक्कली विवरण तयार गरेर रकम हिनामिना गरेकाे पाईएकाे छ ।

पत्रकार र मिडिया हाउसकाे नाममा गत अावकाे २० लाख र चालू अावका समेत रकम विनियोजन गरेकाे विवरण लिखित रूपमा माग गर्दा अहिलेसम्म साे विवरण दिएकाे छैन । विभिन्न शिर्षक उपशिर्षकमा अाफुखुशी बजेट खर्च गरेकाे देखाई हिनामिना गरेकाे पुष्टि माग गरेकाे विवरण नदिएसंगै भएकाे छ ।

साे सम्बन्धमा पटकपटक अध्यक्ष लामाकाे फाेनमा सम्पर्क गर्दा नम्बर बल्क गरेकाे छ भने प्रमुख प्रशासकीय अधिकृत काेईरालाई सम्पर्क गर्दा अध्यक्ष जीले विवरण दिनु भन्नू भएकाे छैन, उहाले नभनेसम्म हामीले दिन नमिल्ने बताए । अधिकृत काेईरालालाई त्यसाे भए गाउपालिकाकाे बजेटमा हिनामिना गरिएकाे र नक्कली खर्च विवरणकाे कागजात तयार पारेर भ्रष्टाचार गरेकाे हाे त भनी गरेेेेेकाे प्रश्नमा भने त्यस्ताे यहाले भनेकाे जस्ताे नभएकाे बताए । त्यसाेभए खर्च गरेकाे बिबरण किन नदिएकाे त भनी गरेकाे प्रश्नमा उनले त्याे अध्यक्ष जीकाे निर्देशन विना आफुले दिन नसक्ने दाेहाेर्याए ।

अध्यक्ष लामाकै ईच्छा अनुसार बडामा विनियोजन गरेकाे बजेट समेत वडा अध्यक्षले याेजानमा रकम विनियोजन गर्न नपाएकाे दुखेशाे समेत गरेका छन् । सवै अध्यक्ष लामाले भनेकाे याेजनामा मात्र रकम विनियोजन गर्नु पर्ने अन्यमा गर्न समेेेत नपाएकाे दुखेशाे एक वडा अध्यक्षले नाम नलेख्ने सर्तमा बताए । ती अध्यक्षकालअनुसार वडामा आबश्यक सिसाकलम समेत गाउपालिकाका अध्यक्षकाे अनुमतिमा खरिद गर्नु पर्ने दुखेशाे गरेका छन् । यसरी ७ वडा भएकाे हेलम्बु गाउपालिकामा अध्यक्ष लामाले आफुखुशी खर्च गर्दै आएकाे पुष्टि भएकाे छ । यससम्बन्धमा थप अनुसन्धान तीब्रखवरकाे विशेष टिमले गरि रहेकाे छ ।

 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!