श्रीमान् परदेशमा – दुई वटा घडेरी बेचेर जयन्ती वेपत्ता

- March 1, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनकुटा । नेपालका धेरै यु,वाहरु बैदेशिक रोजगारीका शिलशिलामा खाँडीका विभिन्न देशमा छन् । बिदेशिनु उनिहरुको रहर होइन बाध्यता हो । निहरु आफ्ना इच्छा चाहना त्यागेर परिवारको खुसीका लागी सता समुन्द्र पारिको देशमा गएका छन् । यसले परिवारमा रोजीरोटी पेटभरी खान पुगेको छ । अनि धेरै चु,ल्होमा आगो बलेको छ त्यती मात्र नभएर देशको अर्थतन्त्रमा पनि ठुलो टेवा पुगेको छ ।

तर यसको बिपरीत धेरै घर उजाडिएको पनि छ । श्रीमान् बिदेशमा श्रीमतीहरुको नेपाल चयन हुने गरेको साथै अर्कै केटासँग विहे गर्ने परिपार्टी पनि बढेको छ ।

चितवनका सन्तोस सुनारको घटनापछि झापाको दमककी एक महिला श्रीमानले विदेशबाट पठाएको रकमसहित ४५ लाख लिएर टाप कसिन् । यस्तै घटना धनकुटाको चौबिसे गाउँपालिका १ पोखरी टोलमा घ,ट्यो । स्थानिय ज्ञानु पोखरेल बैदेशिक रोजगारीको सिलसिलामा साउदीमा छन् तर यहाँ ३६ बर्षीय श्री,मती जयन्ती पोखरेल झण्डै दुई सातादेखि बेपत्ता छिन् ।

धरानको बुढासुब्बा जान्छु भनेर हिडेकी उनि अहिलेसम्म परिवारको सम्पर्कमा आएकी छैनन् । उनका १३ बर्षकी छोरी र ८ बर्षका छोराको बि,चल्ली भएको छ । नन्द जुनु पोखरेलका अनुसार जयन्तीले नगद रु ९ लाख, गरगहना, दुईवटा घडेरी बेचेर २५ लाख बराबरको सम्पती लिएर हिडेकी छन् । साथै गाउँका संघ सस्थाबाट रु १९ लाखको ऋण कमाएर सम्पर्कविहिन भएकी छन् । झापाको धुलाबारी माइत घर भएकी उनि हालसम्म परिवारको सम्पर्कमा आएकी छैनन् ।

उनका श्रीमान ज्ञानु र छोराछोरीले जहाँ भएपनि घर फर्कन आग्रह गरेका छन् । खोजीका लागी प्रहरीमा निवेदन दिए पनि प्रहरीले बेवास्ता गरेको देवर शंकर पोखरेलले गुनासो गरे । उनले जहाँ भएपनि घर फर्किन आग्रह गरेका छन् ।
हेर्नुहोस् भिडियो

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!