चौधरी ग्रुपसंगै अबैध साँठगाँठमा पत्रकार : मजदुरसंग प्रमाण लिदै चौधरीलाई बेच्ने गरेको आरोप

- February 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । राजधानीमा सञ्चालन भएको पुर्व म्यानपावर कम्पनी सञ्चालकको टेलिभिजनले मजदुर पक्षमा र भ्रष्टाचारको विरुद्धमा समाचार प्रशारण गर्दै आएको भन्दै भ्रम फैलाउदै आएको एक प्रमाण फेला परेको छ । सो टेलिभिजनले सुरुमा पीडितमा परेकाहरुसंगै सवै डकुमेन्ट संकलन गर्ने र त्यसपछि आरोपीत पक्षसंग सोही डकुमेन्ट देखाई बार्गेनिङ गरेर मजदुरको दुःख र कम्पनीका मालिकले गरेको अत्याचारको बारेमा समाचार समेत नबजाउदै आएको आरोप सिजी टेलिकम्युनिकेशनका कर्मचारीहरुले लगाएका छन् । सो कम्पनीका मजदुरका अनुसार सुरुमा मजदुरको पक्षमा समाचार बजाउलान भन्नेर सवै प्रमाण लिएर दिएको तर अहिलेसम्म सो बारे कुनै समाचार नबजेको पीडित मजदुरहरुको दुखेसो रहेको छ । सिजी टेलिकम्युनिकेशनले आफुहरुलाई उचित तलब सुविधा नदिएको भन्दै आन्दोलनमा उत्रिएका पिडित ८८ जना कर्मचारी मध्येका १५ जनाले सो टेलिभिजनका प्रस्तोताकै आग्रहमा २०७३ साल चैत १६ गते सोही टेलिभिजनको कार्यालयमा गएर आफ्नो पिडा भिडियोमा रेकर्ड गराएको र भएको प्रमाणहरु समेत दिएको तर आफुहरुले सो कार्यालयमै गएर रेकर्ड गराएको त्यो भिडियो कहिल्यै समाचार बनेर प्रशारण नभएको पिडितहरुको भनाई रहेको छ ।
२०७३ माघदेखि २०७४ पुससम्मको तलब नपाएकाले मजदुरहरु आन्दोलनमा उत्रिएका थिए । सोे कम्पनी सिजी टेलिकम अर्बपति बिनोध चौधरीको भएकाले ठुला मिडियाले हाम्रो पिडा सुन्न चाहेनन पीडितहरुको भनाई रहेको छ । अधिकांश टेलिभिजनले हाम्रो पिडा रेकर्ड गरे, कुनै पनि टिभीले रेकर्ड गरेको हाम्रो आन्दोलनको समाचार बाहिर ल्याएनन, मजदुरको आन्दोलन स्थल सानेपा स्थित सिजी टेलिकमको कार्यालयमा नै आएर भिडियो खिचेको भएपनि अहिलेसम्म सो समाचार सार्वजनिक नै नभएको एक पीडित मजदुरले बताए । २०७३ चैत १६ गते टेलिभिजनकै कार्यालय मै पुगेरे पिडा, दुख रेकर्ड गराएको, भएका प्रमाण, कागजात समेत बुझाएको, त्यो बेला कार्याक्रम प्रस्तोताले तपाइँको भिडियो प्रशारण हुन्छ, हामि न्याय दिन्छौं ढुक्क हुनुहोस’ भनेको थियो तर अहिले सम्म सो समाचार प्रशारण भएन । अहिले सुन्न आएको छ सो कम्पनीसंग मिलेर पैसामा हाम्रो प्रमाण टेलिभिजनले बेचेको दाबी समेत मजदुरहरुले गरेका छन् ।
सो समाचारकालागि निरन्तर फलो अप गर्दापनि सोे भिडियो प्रसारण नभएको, तर धेरैपछि फलो अप गर्दा सो कार्यक्रमका टिमबाट तपाइँहरुको भिडियो प्रसारण गर्न नमिल्ने भयो भन्ने जवाफ दिएको दुखेसो समेत मजदुरहरुले गरेका छन् । बिनोध चौधरी जस्तो व्यवसायिक घराना भित्र काम गर्ने कर्मचारीको पिडाको कुनै मुल्य नहुने रहेछ भन्नेमा समे मजदुरहरु पुगेको बताए । अहिलेको सिजी टेलिकम्युनिकेशन पूर्वान्चल विकास क्षेत्रका ५३४ गाविसमा दुरसंचार सेवा प्रदान गर्ने सर्तसहित बिश्व बैंकको १ अर्ब ३७ करोडको आर्थिक सहयोगमा समेत लिएर हिनामिना गरेको पाईएको छ । २०६१ जेष्ठ २९ गतेदेखि सेवामा आएको भनिएको सो टेलिकम्युनिकेशनको भौतिक संरचना समेत बनाएको छैन चौधरी ग्रुपले । अमेरिकन कम्पनी पाकिस्तानी र भारतीय मूलका नागरिकले नेपाल भित्राएका थिए सुरुमा ।
तत्कालिन सभामुख कृष्णबहादुर महरा संचार तथा प्रविधि मन्त्री भएको बेला मन्त्रालयको निर्देशनमा (लिखित पत्रको आधारमा) २०६४ कार्तिक २० गते दुरसंचार प्राधिकरणका अध्यक्षको निर्णयबाट GSM Band को रेडियो फ्रिक्वेन्सीको अनुमति पाएको छ । यस कम्पनी २०६९ सालमा चौधरी ग्रुपले किने पछि एसटीएमको नाम फेरेर सिजी कम्युनिकेशन्स प्रालि राखिएको थियो । चौधरी समुहले किनेपछि सिजी टेलिकममा २०७० सालमा नै २०६४ सालमा स्थापना भएको ‘अखिल नेपाल संचार छापाखाना प्रकाशन मजदुर संघ’ ले आन्दोलन गरेको थियो । तर चौधरी समुहले किनेपछि सो टेलिकम निरन्तर ओरालो लागेको थियो । २०७२ को भूकम्पको बहना बनाएर सिजी टेलिकममा काम बन्द गरेको थियो । बन्द गर्दा यहाँ कार्यरत ८८ जना कर्मचारी (इन्जिनियरदेखि स्वीपरसम्म) लाई तलवभत्ता समेत नदिई निकालेको थियो । भुकम्पपछिको पुन निर्माणमा गरेर सिजी फाउन्डेसनले घोषणा गरेको अस्थायी टहरा र स्कुल बनाउने काममा लगाएको थियो । भूकम्पपछिको पुन निर्माणमा सिजी फाउन्डेसनको काम जारि रहंदासम्म सिजी टेलिकमका कर्मचारीले काम पाए । तर सिजी फाउन्डेसनले काम रोक्ने बित्तिकै सिजी टेलिकमका ८८ जना कर्मचारीले २०७३ जेठदेखि आन्दोलनमै रहेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!