चलचित्र अटिजमको गीत ‘सिरी सिरी हावा चल्यो’ सार्वजनिक (भिडियोसहित)

- January 27, 2020 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । सन्देशमुलक चलचित्र ‘अटिजम’ को पहिलो गीत सार्वजनिक गरिएको छ । केशव रेग्मी सान्दाइद्वारा निर्देशित चलचित्र अटिजमको सिरी सिरी हावा चल्यो बोलको रोमान्टिक गीत युट्युब च्यानलमार्फत सार्वजनिक गरेको निर्देशक रेग्मीले बताएका छन् । रिच भिजनको तर्फबाट साहित्यिक पत्रकार निबन्ध आचार्यको प्रस्तुतीमा बनेको उक्त चलचित्रको गीतको भिडियोमा प्रतिक शर्मा र सृष्टी आचार्य लगायतले अभिनय गरेका छन् । संगीतकार केशव रेग्मी (सान्दाइं) को संगीत रहेको गीतमा सोफी मल्लको शब्दमा गायिका नलिना चित्रकारले आवाज दिएकी छिन् ।

https://youtu.be/wT9wJA4oCr0

अटिजम लागेका बालक सम्मान आचार्यको जन्म दिन पारेर गीतको भिडियो खुल्ला सञ्चारमा एक कार्यक्रम गरेर पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो । केशव रेग्मी (सान्दाइ) को सम्पादकमा सो चलचित्रको छायांकन तिलक गौतमले गरेका हुन् ।अटिजमग्रस्त सम्मान आचार्यको विषयवस्तुमा तयार भएको चलचित्र अटिजम सम्मानकै मुख्य भुमिकामा कथावस्तु रहेको छ । चाँडै प्रदर्शनमा आउन लागेको चलचित्र अटिजममा प्रतिक र सृष्टी अलवा सुशिल पोख्रेल, सुस्मा कार्की, बिक्रम श्रेष्ठ सागर, करुना पोख्रेल, डा। राम प्रसाद ज्ञावली, श्रद्धा कोईराला, गंगा पौडेल, पुण्यराज पुडासैनी, सौरब ढकाल, शंकर भारती, बिष्णु बहादुर सिंह, बिजय कट्टेल, अशिम कार्की, मृदुल कोईराला, रबी खड्का लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

अटिजम एउटा बालबालिकामा देखा पर्ने रोग हो । अटिजम एक प्रकारको न्युरो डेभलोपमेन्ट डिसअर्डर हो । यसमा बालबालिकाहरु सामान्य बालबालिकासरह गतिबिधि देखाउन असक्षम हुन्छन् भने केही अस्वभाविक गतिविधि देखाउने गर्छन् । यो नेपालमा मात्र नभई विश्वभर फैलिँदै गएको हुनाले यसै विषयवस्तुमा केन्द्रित भई फिल्म निर्माण गरेको निबन्ध आचार्यले बताए ।अटिजम एउटा रोग नभएर अवस्था भएकाले यो मानसिक तथा शारिरिक रुपमा अटिजम भएका सम्पुर्णको कथा रहेको कलाकार बिक्रम श्रेष्ठ सागरले बताए । चलचित्र निर्माणमा नयाँ टीम भएकाले धेरै चुनौतीहरु भेग्नुपरेको संगीतकार तथा चलचित्रका निर्देशक केशव रेग्मी सान्दाइले आफ्नो अनुभव सुनाएका थिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!