अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनयमा “बनैमा अमला ” सार्बजनिक”  

- November 24, 2019 मा प्रकाशित

आर पोखरेल
काठमाडौँ, मंसिर ८ । बिशेष गरेर आधुनिक गीत संगीतमा रुचाईएकि गायिका मेलिना राई द्वारा स्वर बद्ध एक लोक दोहोरी गीत भर्खरै बजारमा आएको छ । दिपेश पौडेल को प्रस्तुतिमा रहेको उक्त गीत “बनैमा अमला” बोलको रहेको छ ।

आधुनिक गीत संगीतमा आफ्नो स्वर सजाउन ब्यस्त रहेकी गायिका मेलिनाले लोक तथा दोहोरी गीतहरुमा पनि आफ्नो स्वर भर्ना थालेकी हुनाले पनि अब लोक दोहोरी गीतलाई नाक खुम्च्याउनेको कमि भएको महसुस गर्न सकिन्छ । गायिका मलिनाले यस अगी पनि थुप्रै लोक तथा दोहोरी गीतहरुमा स्वर भरिसकेकी छिन् । उनले यस गीतलाई पनि सबैले माया गरिदिनुहुन अनुरोध गरेकी छिन् ।

गायक दिपेश पौडेल र गायिका मेलिना को स्वरले सजिएको “बनैको अमला” बोलको गीतलाई महेन्द्र्र भण्डारीको शब्द तथा लय सिर्जना रहेको छ  । गीतमा युगल जोडीको प्रेमका भावहरुलाई गीतमा रोचक रुपमा प्रस्तुत गरिएको छ । बासु बरालको छायाँकन , राजेश कुमारको सम्पादन तथा ओम श्रेष्ठको निर्देशन तथा कोरियोग्राफी रहेको छ । बनैको अमला गीतको भिडियोमा अञ्जली अधिकारी र आकाश श्रेष्ठको अभिनय रहेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।
https://www.youtube.com/embed/4X3Rs4jtkf8
Facebook Comments

प्रतिक्रिया