पोखरा फुटबल मैदानमा प्याराफिट जडान सुरु

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

पोखरा : दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पोखरामा महिला फुटबल प्रतियोगिता हुँदैछ । खेल संचालन हुन ११ दिन बाँकी रहँदा फुटबल स्टेडियममा प्याराफिट जडान बल्ल सुरु भएको छ । प्याराफिटका लागि आवश्यक सामाग्रीमध्ये फ्रान्सबाट पहिलो र दोस्रो चरणको सामान भारतको विशाखापट्नम बन्दर्गाह हुँदै आइतबार पोखरा आइपुगेपछि बुधबारदेखि प्याराफिट जडान सुरु भएको हो ।

४/५ दिनभित्र प्याराफिट जडान सम्पन्न हुने निर्माण कम्पनीका प्रोजेक्ट मेनेजर इन्जिनियर दीपक बरालले जानकारी दिए । सार्क खेदकुद प्रतियोगिताका लागि ८ देखि १० हजार सिटसहितको प्याराफिट तयार हुने उनले सुनाए । यसका लागि फ्रान्सबाटै प्राविधिक टोली आएर जडानको काम गरिरहेका छन् ।

सिन्थेटिक एथ्लेटिक ट्रयाकका लागि आस्फाल्ट कालोपत्रेको काम सकिएर ट्रयाकमा सिन्थेटिक राख्ने काम पनि अन्तिम चरणमा पुगेको बरालले बताए । पोखरामा ९ वटा खेल आयोजना हुनेछ । त्यसमध्ये पोखरा फुटबल मैदानमा महिला फुटबल प्रतियोगिता हँुदैछ । साग खेलकुदअन्र्तगत पोखरामा महिला फुटबलसहित महिला क्रिकेट, ट्रायथोलन, प्याराग्लाइडिङ, आर्चरी, बिच भलिबल, ह्यान्डबल, ब्याटमिण्टन र भारत्तोलन खेल हुने कार्यक्रम रहेको छ। यी खेलमध्ये प्याराग्लाइडिङ खेल प्राविधिक कारण आवश्यक टिमको संख्या नपुगेर केही समस्या देखिए पनि खेल संचालन गर्ने गरी पहल भइरहेको बताइएको छ । साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!