कांग्रेस प्रदेशसभा सदस्य र नगरसभापतिबीच कुटाकुट

- November 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

वीरगन्ज,मंसिर ४ : नेपाली कांग्रेसबाट प्रदेशसभा सदस्यमा निर्वाचित ओम प्रकाश शर्मा र कांग्रेसकै वीरगन्ज महानगर समितिका सभापति भोला कलवारबीच कुटाकुट भएको छ। 

वीरगन्जको आदर्शनगरस्थित बब्लु टी स्टलमा बुधबार बिहान दुबजनाबी नगरसभा गृहको विषयलाई लिएर बिवाद भई कुटपीट भएको हो। कुटपीटबाट दुबै जना घाइते भएका छन्। प्रदेशसभा सदस्य शर्माको नारायणी अस्पतालमा उपचार गरिएको छ।

अर्का घाइते कांग्रेस नगरसभापति कलवारलाई  पनि नारायणी अस्पतालमै भर्ना गरिएको भएपनि थप उपचारका लागि उनी काठमाडौं गएको पर्साका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठौरले जानकारी दिए। ‘दुबै जना अस्पतालबाट डिस्चार्ज भई सकेको र कलवार भने थप उपचारका लागि काठमाडौं गएको खबर मैले पाएको छु’, उनले भने।

प्रत्यक्षदर्शीका अनुसार बब्लु टि स्टलमा बिहान मर्निङ वाक गरेर चिया खान पुगेका बेला नगरसभा गृहको विषयलाई लिएर भनाभन् भइ दुबै जनाले एक अर्कालाई हातपात गरेका हुन्। वीरगन्ज महानगरपालिकाको स्वामित्वमा रहेको नगरसभा गृह कांग्रेस नगरसभापति कलवारले २२ वर्षका लागि लिजमा लिएर सन्चालन गर्दै आएका छन्।

महानगरपालिकाले नगरसभागृह निजी व्याक्तिलाई सन्चालनका लागि दिएको ठेक्कामा अनियमितता भएको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धानका लागि महानगरपालिकासँग त्यस सम्बन्धि कागजात र फाइल मागेको छ।

प्रदेशसभा सदस्य शर्माले पनि सार्वजनिक कार्यक्रममा नगरसभा गृह नगरवासीको साझा सम्पति भएकाले  न्यून शुल्कमा २२ वर्षको लागि लिजमा दिने कार्य गलत भएको भन्दै विरोध गर्दै आएका थिए। त्यहि विषयलाई लिएर शर्मा र कलवार बिच केहि समय यता मनमुटाव हँुदै आएको छ। साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!