सांसद प्रमोद साहको रिहाको माग गर्दै सर्लाहीमा प्रदर्शन

- October 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं,असाेज २८– राष्ट्रिय जनता पार्टी नेपालका सांसद प्रमोद साहको रिहाइको माग गर्दै उनको गृहजिल्ला सर्लाहीमा जुलुस प्रदर्शन भएको छ । जनकपुर एयरपोर्टमा बुद्ध एयरको काउन्टरमा तोडफोड तथा कर्मचारीलाई दुरव्यवहारको गरेको आरोपमा प्रहरीले सांसद यादवलाई  आज पक्राउ गरेको छ ।

उनलाई पक्राउ गरेपछि राजपा नेपाल सर्लाही जिल्ला कमिटीको बैठक बसेको थियो । सो बैठकले सांसद साहको रिहाको माग गर्दै जिल्लामा प्रदर्शन शुरु गरेको राजपा नेपालका विद्यार्थी नेता मनिष मिश्रले बताए ।

त्यसैगरि राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुरले एक विज्ञप्ति जारी गरी सांसद साहलाई रिहा गर्न माग गरेको छ । साथै एयरलाइन्सको सेवा प्रभावकारी, भरपर्दो र नियमित बनाई जनताको चासो सम्बोधन गर्न पनि सो पार्टीले माग गरेको छ ।

बुद्ध एयरको जहाज घण्टौसम्म नआउँदा छटपटाई रहेको विरामीको पिडा हेर्न नसकेर बुद्ध एयरको काउण्टरमा सोधपुछ गर्न जाँदा समान्य रुपमा आक्रोशित भएको घटनालाई अतिरञ्जित बनाई सांसद साहलाई पक्राउ गरेको भन्दै राजपा नेपालले आपत्ति प्रकट गरेको छ ।  राताेपाटिबाट


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!