राष्ट्रपति सीलाई रात्रिभोज : मेन्यूमा नेवारी बारादेखि इलामको चियासम्म

- October 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ,असाेज २५ । दुई दिने नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका चिनियाँ राष्ट्रपति सी जिनपिङका लागि राष्ट्रपति विद्यादेवि भण्डारीले रात्रिभोजको आयोजना गरेकी छिन् ।

सोल्टी होटलमा आयोजित रात्रिभोजमा मन्त्रिपरिषद्का सदस्य, स्थानीय निकायका जनप्रतिनिधिदेखि विभ्न्नि दलका नेता तथा उच्च पदस्त कर्मचारीहरु सहभागी रहेका छन् ।

राष्ट्रपति सीका लागि स्टार्टर, सुप, मेनकोर्स र डेसर्ट गरेर विभिन्न परिकारहरु तयार गरिएको छ ।

जसमा नेपाली परिकारदेखि चिनियाँ परिकारको समिश्रण रहेको छ । सीलाई पस्कने खानमा नेवारी बारा, मोमो, सिमीसँग भटमास साँधेको, कुरिलो र क्वाटीको रसजस्ता नेपाली परिकारहरु रहेका छन् ।

साभार राताेपाटि


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!