दुर्गा खरेल र अर्जुनको ‘तिमीलाई भनेर म गीत भिडियो सहित)

- October 4, 2019 मा प्रकाशित

काठमाडौँ : नेपाली सिने उद्योगमा चलेकी अ‍ेभिनेत्री हुन्– केकी अधिकारी । जीवन्त अभिनय गर्ने केकी अधिकारी यतिबेला भने आफ्नो मान्छेको पर्खाइमा थाकेर रु“दै गरेकी भेटिएकी छिन् । आफूले माया गरेको मान्छेको पर्खाइमा रु“दै गरेको केकी अधिकारीको यो भावुक दृष्य गायिका दुर्गा खरेलको पछिल्लो गीतको म्यूजिक भिडियोका लागि कैद गरिएको हो ।

‘तिमीलाई भनेर म कुरिरहे बाटोमा, तर तिमी आएनौ“ किन ?’ बोलको सार्वजनिक सेन्टिमेन्टल गीतमा दुर्गाको स्वरस“गै केकीको अभिनय निक्कै खुलेको छ । गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकीलाई पवन शर्माले अभिनयमा साथ दिएका छन् ।

नेपाली सांगीतिक क्षेत्रमा निक्कै रुचाहिएका लोकप्रिय संगीतकार अर्जुन पोख्रेलले लेखेको यो गीतमा संगीत तथा संगीत संयोजन पनि पनि अर्जुन स्वयम् ले गरेका छन् ।

गीतको म्यूजिक भिडियोमा केकी अधिकारी र पवन शर्माले अभिनय गरेका छन् । म्यूजिक भिडियो सुव्रतराज आचार्यले निर्देशन गरेका हुन् । नवराज उप्रेतीले छायांकन गरेको म्यूजिक भिडियो सम्पादन भरत रेग्मीले गरेका छन् ।

भिडियो

 

 

 

 

 

Preview YouTube video Timilai Bhanera ma : Keki Adhikari , Durga kharel , Arjun Pokharel , Pawan Sharma , Timilai Bhanera

Timilai Bhanera ma : Keki Adhikari , Durga kharel , Arjun Pokharel , Pawan Sharma , Timilai Bhanera

 

Facebook Comments

प्रतिक्रिया