कांग्रेसको दोस्रो अभियानमा ५३ हजार सदस्य जना पार्टी प्रवेश

- October 3, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, नेपाली कांग्रेसले दोस्रो चरणको अभियानमा अभियानका क्रममा सत्तारुढ दल नेकपालगायउत दलबाट साढे ५३ हजार जना पार्टी प्रवेश गरेको जनाएको छ ।

‘सत्तारुढ कम्युनिष्ट पार्टी एवं अन्य दल परित्याग गरेर ५३ हजार ४ सय ७९ जनाले नेपाली कांग्रेसको सदस्यता लिनु भएको छ’ कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने ।

पार्टी सस्थापक विश्वेश्वरप्रसाद कोइरालाको जन्मोत्सव पारेर कांग्रेसले २४ भदौदेखि ७ असोजसम्म राष्ट्रिय जागरण अयिभान तीन सय ३० प्रदेशसभा क्षेत्रमा सञ्चालन गरेको थियो ।

यसअघि पहिलो चरणको अभियानमा कांग्रेसले विभिन्न पार्टी परित्याग गरी ३१ हजार ६ सय ४२ जना कांग्रेसम प्रवेश गरेको बताएको थियो । पार्टीमा प्रवेश गरेका नयाँ सदस्यलाई आवस्यक प्रशिक्षणको व्यवस्था गर्ने कांग्रेसले जनाएको छ ।

१५ दिने अभियान पहिलो चरणको अभियानभन्दा उत्साहपूर्वक सम्पन्न भएको कांग्रेसको भनाई छ । ‘पार्टीका अन्तरिम संरचनाहरु नहुँदा प्रथम चरणमा देखिएका व्यवहारिक असहजता पार्टी विधानको धारा ७२ को उपधारा (४) बमोजिम प्राय संरचना निर्माण भएपछि व्यवस्थित बन्यो’ प्रवक्ता शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ । अभियानमा वडा, गाउँ–नगर, क्षेत्र र जिल्लामा गरी ८ हजारभन्दा बढी कार्यक्रम सम्पन्न भएको कांग्रेसले जनाएको छ ।

अभियान सञ्चालन भइरहेको वेला कांग्रेसको पक्षमा माहोल बन्दै गएपछि त्रचिढिएको प्रमुख सत्तारुढ दल नेकपाले कांग्रेसका नेता कार्यकर्तामाथि आक्रमणको प्रयास गर्दै नवमण्डले चरित्रको प्रकट गरेको बताएको छ ।

‘देशका विभिन्न भागमा विभिन्न संस्थाहरुको निर्वाचन परिणाम सत्तारुढ समर्थनको विपक्षमा र नेपाली कांग्रेस निकट उम्मेदवारहरुको पक्षमा प्राप्त भए ।

नेपाली कांग्रेसको पक्षमा रुपान्तरित हुँदै गएको जनमतलाई ती निर्वाचनको परिणामसँगै हजारौँको पार्टी प्रवेशले पुष्टि गरेको छ’ शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘यसैका प्रतिको आक्रोश क्रममा बाँके र तनहुँका घटना भएका छन् ।

बाँकेमा कांग्रेस जिल्ला सभापति श्रीमती किरण कोइराला माथिको आक्रमण र तनहुँमा केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजाल माथिको आक्रमण प्रयास नवमण्डले चरित्रको प्रकट स्वरुप हो ।’ फरक विचार प्रस्तुत गरेकै आधारमा चितवनमा एक युवा माथि गरिएको सांघातिक हमलालाई कांग्रेसले निन्दनीय भनेको छ ।

पछिल्लो समय नेपाली समाजमा देखिएका असन्तुष्टी र वितृष्णा सरकारको डेढ वर्षे कृयाकलापको उपज भएके ठहर पार्टीको रहेको कांग्रेसले बताएको छ । अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन कांग्रेसले सत्तारुढ दललाई सचेत गराएको छ ।

‘अवस्थाप्रतिको वितृष्णालाई व्यवस्थाकै विरुद्ध प्रचारित हुन नदिन गम्भीर जवाफदेहिता राख्नु पर्ने दायित्व बोकेको सरकार र सत्तारुढ पार्टीको व्यवहार परिमार्जनतर्फ नभै प्रतिकार तर्फ लक्षित हुनु अत्यन्तै दुःखद छ’ शर्माले भनेका छन् ‘नेपाली कांग्रेस सरकारलाई सार्वजनिक ढंगले सचेत गराउँदै रगत पसिना बगाएर बहुमत दिलाउने कार्यकर्ताहरुलाई नवमण्डलेकरणको दिशामा नधकेल्न सत्तारुढ नेकपाको नेतृत्वलाई सार्वजनिक अपिल गर्दछ ।’

०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि वीपी कोइरालाले कोजाग्रक पूर्णिमामा गर्न सुरु गरेको चियापानलाई यस पटक पनि निरन्तरता दिने भएको छ ।

२६ असोज  आइतबार कोजाग्रत पूर्णिमाका दिन अपरान्ह १ बजेदेखि ५ बजेसम्म पार्टीको केन्द्रीय कार्यालयमा चियापान कार्यक्रम आयोजना गर्ने निर्णय भएको शर्माले बताए । अभियान टाइम्सका साथमा ।साभार


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!