चलचित्र ‘शिबम्’ दशैंको अवसर पारेर अशोज १७ गते देखि रिलिज हुने

- September 11, 2019 मा प्रकाशित

काठमाडौं । निर्देशक राजु गिरीले निर्देशन गरेको चलचित्र “शिबम्” प्रदर्शनको लागी तयार भएको छ । चलचित्र सेन्सर बोर्डबाट सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएसँगै यो चलचित्र प्रदर्शनको लागी तयार भएको हो ।

एस.के. प्रोडक्सन एण्ड मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको यस चलचित्रमा सोहम भेटुवाल, शुभेच्छा थापा, रबि गिरी, प्रदिप गिरी, रश्मी भट्ट, पल्पसा डंगोल, राजकुमार थापा, राजु गिरी लगायतले अभिनय गरेका छन् ।

श्रीकृष्ण बम मल्लको संगीत रहेको चलचित्रमा रोशन श्रेष्ठको द्वन्द, राजु गिरी र जिवन ज्ञवालीको नृत्य, रामेश्वर हुमागाईंको छायाँकन, राजु गिरीको कथामा राजन भुजेलको लेखन र सुवास देवकोटाको सम्पादन रहेको छ भने यस चलचित्रको निर्मातामा पर्बत कार्की र कल्पना खराल रहेका छन् ।

तिरुपति पिक्चर्सले वितरणको जिम्मा लिएको चलचित्र “शिबम्” आफ्ना अघिल्ला अरु चलचित्र भन्दा पनि धेरै मेहनत गरेर निर्माण गरेको कारणले पनि दर्शकको मन जित्नेमा आफु ढुक्क रहेको निर्देशक राजु गिरीले बताए ।

चलचित्रमा चाहिने लभ, एक्सन, हाँस्य लगायत सबै मसला समेट्न धेरै मेहनत गरेका छौं, त्यसैले पनि चलचित्र शिबम् नेपाली दर्शकको मनमा बस्छ – निर्देशक गिरीले बताए । यो चलचित्र दशैंको अवसर पारेर यही अशोज १७ गतेदेखि देशब्यापी प्रदर्शन हुन लागेको छ ।

Facebook Comments

प्रतिक्रिया


Find Us On Facebook

छिटो खबरका लागि लाइक तथा सेयर गरौं ।

TibraKhabar TV

भर्खरै