दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ मंसिरमा हुने, आवेदन फारम खुल्ला

- September 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, एपिक नेपाल म्युजिक प्रा.लि.को आयोजनामा दोश्रो एपिक नेपाल म्युजिक अवार्ड २०७६ आगामी मंसिरको दोश्रो साता काठमाडौंमा हुने भएको छ ।

“कला र गला संरक्षण हाम्रो अभियान, अग्रजलाई सम्मान नवलाई प्रोत्साहन” भन्ने नाराका दोश्रो एपिक नेपाल म्युजिक अवार्ड हुने भएको आयोजक सस्था एपिक नेपालले जनाएको छ  ।

अवार्ड मुख्य गरि नेपाली लोक गीत संगीतको क्षेत्रमा क्रियाशिल एवम नव प्रतिभाका  सर्वोकृष्ट रचनाहरुलाई अवार्ड प्रद्धान गरिने बताइएको छ । नेपाली लोकदोहोरी, आधुनिक, पप , लोकपप र काठे र देउडा समाबेश गरिएको आयोजकले जनाएको छ ।

२०७५ साल जेष्ठ १ गते देखी २०७६ असार मसान्त सम्म बजारमा आएका गीतले सहभागिता जनाउन पाउने एपिक नेपाल म्युजिक प्रा.लिका अध्यक्ष अमन श्रेष्ठ द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

अवार्डको फाईनल राजधानीमा सम्पन्न गरिने भएको छ । अवार्ड फाईनलको दिन नेपाली गीत सङ्गीत क्षेत्रका बरिष्ठ व्यक्तिलाई लाईफ टाईम एचिभमेन्ट अवार्ड प्रदान गरिने भएको छ ।

साथै नेपाली गीत संगीतको क्षेत्रमा कलम चलाउने एक जना पत्रकारलाई एपिक कला पत्रकारिता पुरस्कारबाट सम्मान गरिने भएको छ । आवेदन फारम एपिक नेपालको कार्यालयमा साथै एपिक नेपालको सम्पर्क न ९८५१२०३२७७ , ९८५२०२२९१८ , ९८६५५४३१९१ वा ९८०८२३६९८४ मा सम्पर्क गर्न सकिने उनले जानकारी दिए ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!