ओली, प्रचण्ड र पूर्वराजाको विदेश प्रस्थानमा केहि रहस्य भएको आशंका

- August 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं। प्रमुख सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहालले सार्वजनिक कार्यक्रमहरुमा प्रतिगामीहरुले परिवर्तन उल्ट्याउने षड्यन्त्र गरिरहेको बताएपछि नेपालमा प्रतिगमन शव्दले व्यापक चर्चा पाएको छ ।

परिवर्तन उल्टयाउन चाहेका प्रतिगामी को हुन भन्ने चाही उनले खुलाएका छैनन् । यसले नेपालको राजनीतिमा नयाँ खिचडी पाक्ने सम्भावना रहेको देखिन्छ ।

यसै चहलपहलमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल, भारतीय जनता पार्टीका वरिष्ठ नेता सुव्रमण्यम स्वामीले नेपाल भ्रमणगरेका छन् भने  भारतीय विदेशमन्त्री एस.जयशंकर नेपाल भ्रमणमा छन् । हिजो (बिहिबार) सम्म नेपाल बस्ने विदेशमन्त्री जयशंकरले केहि खिचडी पकाएर जाने धेरैको आंकलन छ ।

एक हप्ता दुवई बसेर नेकपाका अध्यक्ष पुष्पकमल दाहाल नेपाल फर्किएकै दिन गत १८ साउनमा प्रधानमन्त्री केपीशर्मा ओली स्वास्थ्य उपचारको लागि सिङ्गापुर गएका थिए । उपचारपछि फर्किएका प्रधानमन्त्री ओली पुनः हिजो (बिहिबार) थप स्वाथ्य उपचारका लागि सिंगापुर गएका छन् ।

२४ साउनमा तत्कालीन राजा ज्ञानेन्द्र शाह पारिवारिक भ्रमण भन्दै बैंकक (थाइल्याण्ड) पुगेका छन् । यसरी नेकपाका अध्यक्षद्वय र तत्कालीन राजाको विदेश भ्रमणले व्यापक आशंका उव्जिएका छन्, नेपालको राजनीतिक बृत्तमा ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपाल हिन्दु राष्ट्र भएको भारतीय हेर्न चाहेको बताउनु र नेकपा अध्यक्ष दाहालले परिवर्तन उल्ट्याउने षड्यन्त्र गरेको बताउनुलाई अर्थपूर्णरुपमा हेरिएको छ ।

नेपालको राजनीतिमा प्रत्यक्ष रुपमा हस्तक्षेप गर्दै आएको भारतको पछिल्लो गतिविधि एवं तत्कालीन राजाको बैंकक भ्रमण र प्रधानमन्त्रीको सिंगापुर बसाई लम्बिनुलाई राजनीति वृत्तमा चासोका रुपमा लिइएको छ तथापि यो संयोग मात्र पनि हुनसक्ने जानकारहरुले बताएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!