रवि लामिछानेकी श्रीमती निकिताले हालिन चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रवि लामिछानेकी श्रीमती निकिता पौडेलले दिएको जाहेरी महानगरीय प्रहरी परिसर काठमाडौंले दर्ता नगरी चितवन जान सुझाव दिएको छ। घ टना, भिडिओ, आरो पीहरूमाथि चितवन प्रहरीले नै छानबिन गरिरहेकाले निकिताको जाहेरी काठमाडौंबाट हेर्न नमिल्ने भएकाले उतै जान सुझाव दिएको प्रहरी उपरीक्षक अशोक सिंहले बताए।‘चितवनमा घ टना भएको छ, उतैबाट प्रहरीले अनुसन्धान गरिरहेको हुनाले उहाँलाई सम्झाएर पठायौं, उहाँ जाहेरी लिएर चितवन जानुहुन्छ,’ सिंहले भने। पत्रकार शालिकराम पुडासैनी देहत्याग प्रकरणमा सार्वजनिक भएको भिडिओ कीर्ते गरेको आ रोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी लिएर उनी काठमाडौं परिसर गएकी थिइन्।

पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिएकी थिइन्।पुडासैनी देहत्याग प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले देहत्याग दुरू त्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा देहत्याग गरेका छन्।

रवि पत्नी निकिताले दिइन् चितवन प्रहरी प्रमुखसहित तीन जनाविरूद्ध जाहेरी

शालिकराम पुडासैनी आ त्मह त्या प्रकरणमा प क्राउ परेका रवि लामिछानेकी श्रीमती निकिता पौडेलले पुडासैनीको भिडिओ कीर्ते गरेको आरोपमा तीन जनाविरूद्ध प्रहरीमा जाहेरी दिएकी छिन्। पौडेलले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा बुधबार जाहेरी दिएकी हुन्।

उनले कीर्ते गरेकोमा हदैसम्मको सजाय माग्दै तीन जनाविरुद्ध जाहेरी दिएको परिसरले जनायो। ‘जाहेरीमा उल्लेख भएका विषय हेरिरहेका छौं, के कसो गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौं,’ परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले भने। पुडासैनी प्रकरणमा लामिछानेसहित तीन जनाविरुद्ध चितवन प्रहरीले दुरुत्साहन मुद्दामा अनुसन्धान गरिरहेको छ। पुडासैनीले साउन २० गते भरतपुरस्थित एक होटलमा आ त्मह त्या गरेका थिए। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!