सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता

- August 21, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

नेपालगञ्ज : बाँकेका सरकारी निकाय तथा गैरसरकारी कार्यालयका सूचना अधिकारीहरुले प्रत्येक तीन—तीन महीनामा कार्यालयको सूचना अनिवार्य सार्वजनिक गर्ने लिखित प्रतिबद्धता जनाएका छन् ।

जिल्ला प्रशासन कार्यालय, बाँके तथा सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले संयुक्तरूपमा आज यहाँ आयोजना गरेको ‘सूचनाको कार्यान्वयन, अवस्था र चुनौती’ विषयक अन्तरक्रियामा जिल्लाका सूचना अधिकारीहरुले लिखित प्रतिबद्धता जनाएका हुन् ।

अन्तरक्रियामा बाँकेका सरकारी कार्यालयका सबै सूचना अधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु र अन्य गैरसरकारी सामाजिक सङ्घसंस्था तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सूचनाको हकको कार्यान्वयनलाई सबै तहले कार्यान्वयन गर्नैपर्ने कानूनी व्यवस्था रहेको बताउँदै सूचनाको हकलाई प्रयोग गर्दा कार्यालयको कामकारवाही सुशासनमय तथा पारदर्शी हुन्छ भन्नुभयो ।

सूचना अभियानकर्मी अधिवक्ता विश्वजीत तिवारी, बागेश्वरी असल शासन क्लब (बास) का अध्यक्ष मन भण्डारी, नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र अधिवक्ता वसन्त गौतमले नेपालमा सूचनाको हक तथा कार्यान्वयनबारे सहजीकरण गर्नुभएको थियो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!