कम्युनिष्ट सरकारले बनायो जनतामारा कानुन, जनताको गाँस काटेर राजनीतिक दललाई अनुदान

- August 20, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दललाई राज्यका तर्फबाट एकमुष्ट अनुदान दिनुपर्ने काुनन निर्माणका लागि अग्रसरता देखाएको छ ।अनौपचारिक छलफल थालिसकेको आयोगले यो विषयलाई आफ्नो रणनीतिक योजनाको मस्यौदामा समेत समेटेको छ । चुनावका बेला राजनीतिक दलले स्रोत नखुलेका आर्थिक स्रोतमा भरपर्नुपर्ने र त्यसले समग्र लोकतन्त्रलाई अप्ठ्यारो पार्ने भएकाले ‘स्टेट फण्डीङ’को प्रस्ताव ल्याइएको आयोगले जनाएको छ ।

राज्यले चुनावका बेला दललाई अनुदान दिनुपर्ने विषय पहिलेदेखिनै उठ्दै आएको भएपनि आयोगले यसलाई आफ्नो तेस्रो पञ्चवर्षीय रणनीतिक योजनामा पहिलोपटक समेटेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा राजेश मिश्रले लेखेका छन् ।

मृगौलाले काम गर्न छाडेपछि ओली तनावमा, शनिवार सिंगापुर जाने
प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको कार्यक्षमतामा समस्या देखिएपछि आउँदो शनिबार पुनः सिंगापुर जाँदैछन्। १२ वर्षअघि दिल्लीस्थित इन्द्रस्थ ओपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’ को स्तर बढेको छ।

‘क्रिएटिनिन’ बढ्नुको अर्थ मिर्गौलाको कार्यक्षमतामा ह्रास आउनु भएको आजको कान्तिपुर दैनिकले लेखेको छ । सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षणपछि चिकित्सकको सुझाबअनुसार थप फलोअपका लागि प्रधानमन्त्री ओली गत साउन १८ गते सिंगापुर गएका थिए।

सिंगापुरबाट फर्किएपछि छाउनीमा प्रधानमन्त्रीको नियमित ल्याब परीक्षणसहित यूएसजी आइडेड ‘रेनल बायोप्सी’ समेत गरिएको थियो।

त्यसयतासमेत उनको रगतमा ‘क्रिएटिनिन’ मात्रा बढेको पाइएको थियो। उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको रगतमा ‘क्रिएटिनिन’को स्तर अहिले र सिंगापुर जानुअघि समेत बेसलाइनभन्दा बढी देखिएको छ।

मिर्गौलाको कार्यक्षमतामा कमी आउनुको कारण सामान्य मिर्गौलाको संक्रमणदेखि लिएर मिर्गौलाले काम नगर्ने (किड्नी फेला)स्थितिसम्म हुनसक्ने एक प्रत्यारोपण विशेषज्ञले जानकारी दिए। साभार ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!