निरौलाको पुस्तक आकाश यात्रा आजदेखि बजारमा

- August 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, क्याप्टेन दधिराम निरौलाको पुस्तक आकाश यात्रा आजदेखि बजारमा आएको छ । पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी लेखक तथा क्याप्टेन डिआर निरौला, प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल तथा क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन विएन अमात्य, निरौला  पत्नी विना लगायतले गर्नुभयो  ।

कार्यक्रममा प्रमुख अतिथी शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखेको यो पहिलो किताब आफूले पहिलो विमोचन गरेको बताउनुभयो । भन्नुभयो,  ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिको पुस्तालाई एक दस्तावेज छाडेको छ ।’

क्याप्टेन कोश कुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुन्छन् । त्यो कुरा क्याप्टेन निरौलाले यस पुस्तकमा लेखेकोले पुस्तक रोमाञ्चक रहेको बताउनुभयो ।

प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालले नेपालमा मानवजीवनको दस्तावेज बनाउन आफूहरुले सुरु गरेकोले पूर्खाको इतिहासले पुस्ता बदल्ने यो अभियानको पछिल्लो कडी यो पुस्तक भएको बताउनुभयो ।

भन्नुभयो ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ । त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ  ।’

क्याप्टेन पत्नी विना निरौलाले पाइलटको जीवन आकाशमा हुने पत्नीको जीवन धर्तीमा हुने हुनाले सधँै लागेको डरको पनि यो पुस्तक दस्तावेज भएको बताउनु भयो । पाइलटको जीवन परिवारको लागि एकदमै कम हुँदाको असन्तुष्टि भए पनि किताब बन्दा खुसी लागेको छ ।

लेखक दधिराम निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ । तपाईँ किताब लेख्नुस् भन्ने पूर्व गभर्नर गणेश बहादुर थापाको भाइले प्रेरित गरेर र घोस्ट राइटिङ नेपालले करबल गरेर जीवनको पुस्तक बनाएको बताउनुभयो ।

आफ्नो बेलाको पाइलटको दुख संघर्षको साथै आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा संघर्ष र अनुभूति राखिएको हो ।

कार्यक्रममा प्रोफेसर निरौला, लेखक नातिना सारांशा र … ले र हवाई क्षेत्रका रोशन श्रेष्ठ लगायतले पुस्तक र लेखकको बारेमा प्रकाश पार्नु भएको थियो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!