चिनियाँ राष्ट्रपति सी’लाई हङकङ जान ट्रम्पको आग्रह

- August 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनका राष्ट्रपति सी जिनपिङलाई हङकङ प्रदर्शनकारीहरुलाई प्रत्यक्ष र व्यक्तिगत रुपमा नै भेट्न आग्रह गरेका छन् । ट्रम्पले ट्विट गर्दै सो कुरा जनाएका हुन् । त्यसो भएमा हङकङको समस्याको सुखद अन्त्य हुने समेत जनाएका छन् ।

उनी महान नेता भएको र जनताको सम्मान पनि रहेको जनाउँदै उनी ‘टफ बिजनेश’ सहितको असल मान्छे भएको जनाएका थिए । उनले भनेका छन्,‘हङकङको समश्या उनले चाँडो र मानवीय हिसाबले समाधान गर्न चाहेमा त्यसो गर्न सक्ने कुरामा मलाई कुनै शंका छैन ।”

उनले ट्विटको अन्त्यमा ‘पर्सनल मिटिङ’ भन्दै प्रश्नवाचक चिन्ह प्रयोग गरेका थियो । त्यो चाहिँ के भन्न खोेजेको हो प्रष्ट थिएन । तर उनले प्रदर्शनकारीसँगै भेट्न पछिल्लो ट्विटमा आग्रह गरेका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!