लभस्टोरी चलचित्र ‘सोच’ को ट्रेलर ‘भिडियो सहित’ सार्वजनीक;

- August 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । एक्शन लभस्टोरी चलचित्र ‘सोच’ को ट्रेलर बुधबार सार्वजनीक गरिएको छ । भदौ २० गते एकल प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको ट्रेलरमा प्रज्वल गिरी, नीता ढुंगाना र नव नायक पुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समय अघि टिजर र एउटा गीत सार्वजनीक गरिएको चलचित्रलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेका हुन् ।

पुजनकै कथा रहेको चलचित्रको निर्मातामा गंगा रजक र एसडी रहेका छन् । सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्मित चलचित्रलाई बिदुर पाण्डेले खिचेका हुन् । 

कृष्ण आचार्यको पटकथा, सम्वाद रहेको चलचित्रमा एनबि महर्जनको द्धन्द्ध, रामजी लामिछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितम पाण्डेको सम्पादन छ

। उत्तम केसी, बिशाल पहाडी, सोनीका, किरण थापा, रितेश श्रेष्ठलगायतका कलाकारको समेत अभिनय रहेको चलचित्र भरपुर मनोरञ्जक बनेको निर्देशक पुजन बताउछन् । ‘सोच’ लाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

भिडियो


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!