न्यूरोडका व्यापारी केडियाले राजस्वको विभागको पत्र बुझ्न मानेन

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं

विभिन्न व्यक्तीहरुको नाम र नागरिकता लिई दर्ता गरिएका कम्पनीबाट अत्याधिकमात्रामा कर छली गरेको ठहर गरी विद्यमान ऐन अनुसार चुक्ता गर्नु गराउनुभन्दै पठाएको पत्र व्यवसायी केडियाले अनिल ट्रेड कन्र्सनले बुझ्न नमानेको आन्तरिक राजस्व विभागले जनाएको छ ।

विद्युतीय सामग्रीको कारोबार गर्दै आएका व्यापारी अनिल केडियाको न्युरोडमा रहेको अनिल ट्रेड कन्सर्नले करछली गरेको खुलेको छ । आन्तरिक राजस्व विभागका अनुसार सो कन्सर्नको नामबाट आर्थिक वर्ष २०६८/०६९ देखि यता ५६ करोड ५० लाख रुपैयाँभन्दा बढी कर छली भएको पाइएको हो । कन्सर्नबाट वास्तविक कारोबार लुकाई आयकर र मूल्यअभिवृद्धि कर (भ्याट)बापतको राजस्व छली गरेको भन्दै कारबाहीका लागि विभागले प्रक्रिया समेत अगाडि बढाएको छ । सूचना पाएपछि गोप्परुपमा विभागले अनुसन्धान गर्दा उक्त रकम बराबरको कर छली गरेको जनाएको छ ।

सो कार्यालयले उक्त कम्पनीका कागजात २०७५ पुस २५ गते बरामद गरेर अनुसन्धान सुरु गरेको थियो भने सो कन्सर्नको छानबिन आठ महिना लगाएर गरेको थियो । सो छानबिनबाट केडियाले आफ्नो कम्पनीको कारोबार कर्मचारी र अन्य व्यक्तिका नाममा दर्ता गरी अवैध रुपमा कारोबार गर्दै आएको पाइएको ठहर गरेको थियो । सो कम्पनीले कर्मचारीका नाममा दर्ता गरेका फर्म/कम्पनीबाट टेलिभिजनका पार्टपुर्जा विदेशबाट आयात गरी सामसुङ, सोनी ब्राण्डको टिभी उत्पादन गरेर बिक्री वितरण गर्दै आएको र सो बापत सरकारलाई बुझाउनुपर्ने कर अधिकांश छली गरेको अनुसन्धानबाट खुलेको छ ।

सो कम्पनीलाई विभागले आर्थिक वर्ष २०६८/०६९ का लागि तीन करोड ६० लाख, आव २०६९/०७० का लागि ३ करोड ६८ लाख, आव २०७०/२०७१ का लागि चार करोड ६८ लाख, आव २०७२/०७३ का लागि ९ करोड ५७ लाख, आव २०७३/०७४ मा ७ करोड ७५ लाख र आव २०७४/०७५ का लागि १० करोड ८९ लाख गरी कुल ४० करोड २० लाख ६ हजार आयकर निर्धारण विभागले गरेको छ । त्यसैगरी, भ्याटतर्फ आव २०६८/०६९ देखि २०७५/२०७६ सम्म १६ करोड २२ लाख २१ हजार रुपैयाँ तिर्नुपर्ने जनाउँदै सो कर निर्धारण विभागले गरेको थियो  भन्दै आर्थिक दैनिकमा समाचार प्रकाशन गरेको छ । ।

विभागको तथ्याङ्कअनुसार सो कम्पनीको आव २०७५/०७६ मा करयोग्य आय ८ करोड ९१ लाख ४९ हजार रुपैयाँ रहेको थियो । यस रकमको विवरणसमेत समावेश गर्न कार्यालयले केडियाका नाममा पत्राचार नै गरी निर्देशन दिएको छ । यस विभागको कार्यक्षेत्रअन्तर्गत वित्तीय सामग्रीहरुको कारोबार गर्ने करदाता अनिल ट्रेड कन्सर्नले वास्तविक कारोबार लुकाई आयकर एवं भ्याटका साथै राजस्व छली गरेको ठहर गरेको हो । करदाता अनिल ट्रेडलाई आयकर ऐन २०५८ को दफा १०१ उपदफा ६ बमोजिम संशोधित कर निर्धारणको सूचना, मूल्य अभिवृद्धि कर नियमावली, २०५३ को नियम २९ (१) बमोजिमको जारी गरिएको प्रारम्भिक कर निर्धारण आदेशअनुसार सो रकम बुझाउन विभागले निर्देशन दिएको छ ।

विभागमा सो कम्पनीले २०७४ असार ९ मा यस कार्यालयमा दर्ता गराएकोमा करदाताले पेस गरेको सफाइको लिखित जवाफ समेतलाई मध्यनजर गर्दा करदाताले करछली गर्ने नियोजनकै लागि यथार्थ कारोबार लुकाएको विवरणमा समावेश नगरेको भेटिएपछि कारबाही गर्न निर्देशन दिएको हो । करदाताले यसरी विवरणमा समावेश नगरेको करयोग्य कारोबार जम्मा रकम ५४ अर्ब ११ करोड ७२ लाख ९ हजार रुपैयाँ यस कार्यालयबाट २०७६ असार १७ गते भएको निर्णयानुसार आयकरतर्फ आव २०६८/०६९ का लागि ३ अर्ब ६८ लाख २० करोड ६२ हजार ७ सय २९, आव २०६९/०७० का लागि ४ करोड ६८ लाख ८ हजार ६ सय ४०, आ.व. २०७२/०७३ का लागि ९ करोड ५७ लाख २९ हजार ६ सय ४० रुपैयाँ ९० पैसा आ.व. २०७३/०७४ का लागि ७ करोड ७५ लाख ४१ हजार ९ सय ७७ रुपैयाँ ७६ पैसा, आ.व. २०७४/०७५ का लागि १० करोड ८९ लाख ९२ हजार ४ सय ३ रुपैयाँ ४० पैसा छली गरेको ठहर विभागले गरेको छ ।

निजलाई ब्याज जरिवानासहित गणना गरी मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २९ (३) बमोजिम जारी गरिएको अन्तिम कर निर्धारण आदेश निजको कारोबार स्थलको ठेगाना, काठमाडौं महानगरपालिका–२२ धर्मपथस्थित पिनट्स विडिडमा कार्यालयका कर्मचारीहरू बुझाउन जाँदा निज करदाताले उक्त कर निर्धारण आदेश बुझ्न नमानेको हुँदा आयकर ऐन २०५८ को दफा ७२ को उपदफा १ को खण्ड (ग) बमोजिम निजको व्यवसाय रहेको ठेगाना काठमाडौं महानगरपालिका –२२ धर्मपथ पिनट्स बिन्डिङमा प्राप्त हुने गरी मिति २०७४ असार २२ गते हुलाकबाट पठाइएको समेत विभागले जनाएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!