एभरेष्ट बैंकमा नेतृत्वको दावेदारी कसले लिने भन्नेमा अन्यौल ?

- August 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, भारतको पञ्जाव नेशनल बैंक समेतको साझेदारीमा सञ्चालित एभरेष्ट बैंकमा अहिले बैंकको नेतृव्य कसले गर्ने भन्ने बिषयको बहस सुरु भएको छ ?

नियनकारी निकाय नेपाल राष्ट्र बैंकको पछिल्लो निर्देशन अनुसार ७४ बर्ष लागेका कुुनै पनि व्यक्तिहरु बैंकको सञ्चालक वा अध्यक्ष हुुन नपाउने व्यवस्था कार्यान्वयनमा ल्याईसकेको छ । सोही आधारमा उमेरले ९१ बर्ष नाघेको बिके श्रेष्ठको एभरेष्ट बैंकबाट अध्यक्षको पद स्वत सकिएको छ ।

श्रेष्ठले एभरेष्ट बैक स्थापना भएदेखि नै बैकमा अध्यक्षको पद सम्हाल्दै आएको छ । एभरेष्ट बैंकको सबै भन्दा ठुुला सेयरधनी पनि श्रेष्ठ नै हुुन । उनले आफुु, आफ्नो परिवार, नातागोता र आफ्ना बिश्वासपात्रहरु समेतको नाउँमा एभरेष्ट बैैकमा ठुुलो परिमाणमा सेयर खरिद गरेका छन् ।

तर, अब एभरेष्ट बैंकमा आफुु नै अध्यक्ष हुुन नपाउने भएपछि श्रेष्ठ अहिले नयाँ अध्यक्ष कसलाई बनाउने भन्न बारेमा सोचमग्न रहेकाछन ।

श्रेष्ठका दुुई जना सन्तान रहेका छन् । छोरा (मुकुन्द) र छोरी (प्रतिमा) गरी जम्मा दुुई जना सन्तान रहेका छन् । छोरा मुकुन्द पनि ६० वर्षभन्दा बढी भइसके ।

संयुक्त राष्ट्र संघमा काम गरेर रिटायर्ड भएका मुकुन्द अहिले भारतस्थित एसबिएल कम्पनीको व्यवस्थापन सम्हालेर बसेका छन् । एसबिएल कम्पनीको अध्यक्ष बिके श्रेष्ठ हुन् । व्यवस्थापन मात्रै छोरा मुकुन्दले हेर्छन् ।

यो कम्पनीले होमियोपेथिक औषधिहरु उत्पादन र बिक्री बितरण गर्दे आएको छ । श्रेष्ठकी छोरी प्रतिमा श्रेष्ठ हुन् । उनी नेपालमै बस्छिन् ।

बिहे गरिसकेकी छोरीलाई डिभोर्स गराएर बिकेले आफूसँगै राखेर उनलाई आफ्नो सम्पूर्ण कारोबारमा संलग्न गराएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!