जनैपुर्णिमाको आध्यात्मिक महत्व र बैज्ञानिक धारणा

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

तोया ढकाल, बैदिक सनातन हिन्दू धर्ममा भागवान प्राप्तिका अनेकन मार्गहरु छन । श्रीमद्भाग्वत्गीतामा भागवान स्वयम्ं षड्योगको चर्चा गर्नुहुन्छ ।

साधना ज्ञानको मार्ग हो भने आध्यात्मा चेतना हो । जब चेतनाको दीप प्रदिप्त बन्दछ आध्यात्मको मार्ग प्रसस्त बन्दछ ।

कर्मबन्धनप्रती लक्षित अनेकन गुनासा सुनिएपनी यसको महत्व बुझ्ने प्रायस भने कतै भएको देखिदैन । कर्मबन्धन बिधी बैदिक पद्धतिको मेरुदण्ड हो , कर्मकाण्ड बिना बैदिक सिद्धान्त अपांङ रहन्छ । शुद्धता ,प्राणायम उपासना साधना  योगाभ्यास बैदिक सिद्धान्तले निर्दिष्ट गरेका पद्धती हुन जुन स्वास्थ जिवनयापनको बिधी जिवन दर्शन पुष्टी भैसकेको छ ।

श्रावणशुक्ल पुर्णिमा ,जनै पुर्णिमा रक्षाबन्धन ऋषितर्पणी यावत नामले चिनिने एक पवित्र पर्व हो । सप्तऋषी लगयत सम्पुर्ण ऋषिगणको तर्पण गरिने हुँदा यसै दिनलाई सँस्कृत दिवस पनि मानिन्छ ।

शुध्द काचो धागो बिधिपुर्वक कातेर  बनाइएको जनै धागो तागोलाई आदियोगी भागवन  सदाशिवको पुजा अर्चना रुद्राभिषेक जलाधारा गरी सप्तर्षी  लगायत ऋषिहरुको नाममा तर्पण गरी शुद्धपारी लगाइने जनै कर्मबन्धनको प्रमुख सुत्र पनि हो । जसले शुद्धता आचारण नैतिकताको परिधी निर्धारण गरेको हुन्छ ।

कायिकबाचिक मनसा:  यज्ञोपवित जुन यज्ञसुत्र पनि हो ।पुर्विय दर्शन सिद्धान्तले कर्म योगलाई बिशेष्य स्थान दिएको छ  , जसमा तन बचन र मन सुद्धताले मात्र कर्म योगको साधना पुर्ण हुनसक्छ । 

जनै रक्षबन्धन आध्यत्मिक शारिरिक रक्षक जिवना दर्शनको  बिधी र बैदिक पद्धतिका परिपालक बन्दै धारण गरौ । हज्जारौ ऋषी महर्षीहरुको योगदान र लाखौ करोडौ परिपालकले अनुसारण गर्दै आजको दिनमा बैदिक सनतन धर्मको सुत्र धागो साचो अर्थमा सुत्र बन्नु पर्छ । यती भनिरहदा जनै धारणको बैज्ञानिक अवधारणा के त ? 

जनै बाया काध हुँदै दाया शरिर फर्काएर लगाइन्छ ,जुन शरिरको मध्य र स्थुल कायको बन्धनको रुपमा पनि रहन्छ । हाम्रो शरिरको मुख्य अंग मुटु बाया छातिमा हुन्छ , बाया भेन्टृकल  हुँदै सारा शरिर मस्तिस्क सम्म रक्त संचार रहदा सम्म मात्र हाम्रो जिवन चलायमान छ ।

यसको प्रभाव थोर धेर बिग्रदा हामी अस्वास्थ  बन्न पुग्छौ । बाया काधहुँदै बेष्टित जनै शरिरको रक्त संचारको प्रभाव लाई सन्तुलनमा राख्न मद्दत गरिरहेको हुन्छ । साथमा श्वासप्रस्वास , धड्कनको अवस्थाको जानकारी राख्दछ ।

मस्तिस्कमा २ धार रहन्छ दाया र बाया । बाया मस्तिस्क चिन्तन चेतना र बिषयबस्तुको निर्क्योल परिक्षण अथवा भावनालाई ब्यबस्थित गराउन बाया मस्तिकको भूमिका बिशेष रहन्छ । (मेडिकल स्टडिका विद्यार्थीलाई सोध्न सक्नुहुन्छ बाया मस्तिस्कको बारेमा )  बाया मस्तिस्क चुस्त राख्न सकेमा हरेक क्षेत्रमा अब्बल सावित हुन सकिन्छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!