मोदीले सार्वजनिक भाषणमा कश्मीरमा पनि अन्य राज्यमा झैँ चुनाव हुने बताए

- August 9, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीवार राति राष्ट्रको नाममा सम्बोधन गर्दै आफूले एक ऐतिहासिक फैसला लिएको बताए । जम्मु–कश्मीर र लद्दाखका जनता यसअघि विकास र अधिकारबाट टाढा भए पनि अब त्यस्ता सबै समस्या हटेको दावी गरे ।

संविधानको धारा ३७० र ३५ ए ले जम्मु–कश्मीरलाई आतंकवाद, अलगाववाद, भ्रष्टाचारभन्दा अरु केही नदिएकोले खारेज गरिएको पनि बताएका थिए । उनले पटेल, अम्बेडकर, श्यामप्रसाद मुखर्जी, अटलजी र करोडौं जनताको सपना अब पूरा भएको पनि भाषणको क्रममा बताए ।

साथै उनले अब जम्मु–कश्मीर र लद्दाखमा नयाँ युग सुरु भएको जिकिर गरेका छन् । ‘जम्मु–कश्मीर र लद्दाखको विकास त्यस्तो गतिबाट हुन सकेको थिएन, जसरी हुनुपर्ने थियो, व्यवस्थाको यो कमी हट्नुका साथै जम्मु–कश्मीर र लद्दाखका जनताको वर्तमान वर्तमान र भविष्य पनि सुध्रिने छ ।’ मोदीले भने ।

साथै त्यस क्षेत्रका बासिन्दामा शिक्षा, स्वास्थ्य तथा विकासको पहुँच लैजाने प्रतिवद्धता प्रकट गरेका थिए । पढाइका लागि छात्रवृत्तिको व्यवस्था, कर कटौती लगायत सुविधा पनि ग्यारेन्टी गर्ने मोदीको भनाइ थियो ।

प्रधानमन्त्री मोदीले सम्बोधनको क्रममा जम्मु कश्मीरमा अब अन्य राज्यमा झैँ चुनाव हुने र त्यहीँका जनताले आफ्नो प्रतिनिधि चुन्न पाउने बताएका थिए । त्यस क्षेत्रका युवाहरु नै जनप्रतिनिधि बन्न पाउने वातावरण अब बन्ने जनाएका थिए । यस्तै उनले कश्मीर क्षेत्रमा शिक्षा तथा रोजगारको अवसर प्रचुर मात्रामा उपलब्ध गराउने पनि प्रतिवद्धता व्यक्त गरे ।

मोदीले सम्वोधनको क्रममा धारा ३७० लाई खारेज गर्नुको कारणबारे पनि बचाउ गरेका छन् । उक्त धाराले आतंकवाद, भ्रष्टाचार र परिवारवाद भन्दा अरु केही नदिएको जिकिर गरे ।

मोदी सरकारले यही साता मात्रै संविधानको धारा ३७० र ३५ ए खारेज गरिदएपछि संसारकै चासो कश्मीर क्षेत्रतिर तानिएको छ । पाकिस्तानले यसको विरोध गर्दैआएको छ । पाकिस्तानले मध्यस्तताको खाँचो परेको बताउँदैआएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!