ईलाका प्रहरीद्वार १६ हजार नगद सहित पाँच जना जुवाडे पक्राउ;

- August 6, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश थापा, चितवन, ईलाका प्रहरी कार्यालय रत्ननगरले सोमबार दिउँसो १६ हजार ५८५ रुपैयाँ नगद सहित पाँच जना जुवाडेलाइ पक्राउ गरेको छ ।

कालिका नगरपालिका वर्डा नम्बर ०८ स्थित कालिका मन्दिर नजिक पाँच जनाको समूहमा जुवाखेल भइरहेको भन्ने बिशेष सुराकीको आधारमा रत्ननगरबाट खटिएको प्रहरीको बिशेष टोलीले उनीहरुलाई जुवाखालबाटै पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिनुभयो ।

यस अगाडि शनिबार मात्रै ४४ हजार रुपैयाँ सहित ११ जना जुवाडे लाई पक्राउ गरेको प्रहरीले आइतबार पनि रत्ननगर २ सिनेमाहल नजीक बाट ९ हजार रुपैयाँ सहित सोही संख्यामा मानिसहरूलाई रत्ननगरबाटै पक्राउ गरेको थियो । पछिल्लोपटक जिल्लामा जुवाडेहरु माथि प्रहरी निक्कै आक्रमक देखिएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!