बिनोद चौधरीको भिभान्ता होटेल अयोग्य ठहर / ‘आर एण्ड आर’ नाममा कागजात पेश, देखाउने नाम भिभान्ता

- August 4, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

रोशन कार्की
काठमाडौं । आफुलाई विश्वको अर्बपतिभन्न रुचाउने तथा संघिय सभामा नेपाली काँग्रेसमा प्रबेश गरी मधेशीकोटोबाट सासद समेत रहेका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीको होटललाई नेपाल सरकारले मान्यता दिएनन । चौधरी ग्रुपद्वारा सञ्चालित ललितपुर झम्सिखेलस्थित भिभान्ता होटललाई चौधरी समूहले ४ तारे होटेल भन्दै झुठो प्रचारप्रसार गर्दैं आएको र मापदण्ड विपरित रहेको होटल चार तारे हो भनी समाचार लेखाउदै आएपनि अन्न्त सरकारले ‘चारतारे’ को मान्यता दिएको छैन । ४ तारे होटलका लागि तोकिएको मापदण्ड सो समुहले पूरा गर्न नसक्दा पर्यटन विभागले भिभान्ता होटेललाई मान्यता नदिएको विभागले जनाएको छ । ४ तारे होटलको मान्यता उपलव्ध गराई दिनुभन्दै पर्यटन विभागमा पत्र पशे गरेको भिभान्ताले सो स्तरको होटल सञ्चालन गर्ने मापदण्ड पूरा नगरि आएकाले मान्यता नदिइएको पर्यटन विभागले जनाएको छ ।
भिभान्ता होटलले ४ तारेका लागि निवेदन दिएपनि होटल तय गरिएको मापदण्ड बमोजिम सञ्चालन भएको नपाइएपछि सोे होटललाई ४ तारे होटलको मान्यता दिन नसकिएको विभागको ठहर रहेको छ ।
तारे होटलको मूख्य विशेषता भनेको २४ सै घण्टा ३६५ दिन नै पूर्ण सेवा सञ्चालन गर्नु, भूकम्प प्रतिरोधी भौतिक संरचनामा एक सयभन्दा धेरै स्तरीय कोठाहरु, यातायात, स्वस्थ र गुणस्तरीय खानपिन, मनोरञ्जन, व्यायाम स्थल, स्वीमिङ पुल, सञ्चार तथा सुरक्षा जस्ता सेवाहरु उच्च गुणस्तरको हुनु पर्ने मापदण्डको सार भएकालेमात्र सो स्तरको वा ४ तारे को मान्यता पाउने गरेको छ । तर सो होटलले मापदण्ड अनुसार होटल निर्माण भने नगरेको ठहर विभागको रहेको छ भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।
यसैबीच, कोठाको आकार तथा झ्यालको प्रबन्ध, वास्तु अनुसारको संरचना, स्तरीय फर्नीचर, अग्नि प्रतिरोधी संरचना, शौचालयको ब्यवस्था र दक्ष कर्मचारीको उपलब्धता समेत हुनु पर्ने मापदण्ड भित्र रहेको छ । तारे होटलको कम्पाउण्ड देखिको संरचनामा झिगा, लामखुट्टे, भुसुना, कमिला समेत भेटिनु हुँदैन । तारे होटलमा पहिलो गेटदेखि बाथरुमको फ्लससम्म गुणस्तरीय र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुनुपर्ने व्यवस्था रहेको छ । अन्तर्राष्ट्रिय मापदण्ड अनुसार नेपाल सरकारले २०७० कात्तिक ४ गते होटल स्तरीकरण कार्यविधि सार्वजनिक गरेको थियो । सो कार्यबिधिमा टेकेर होटलले पालना गर्नुपर्ने स्तरहरु निर्धारण गरेको छ । त्यही कार्यबिधिमा टेकेर व्यवसायीहरुले होटल निर्माण गर्नुपर्ने हुन्छ । होटल पूर्ण सञ्चालनमा आएपछि तारा स्तर पाउनका लागि पर्यटन विभागले स्थलगत अनुगमन गरेर प्रमाणित गर्नु पर्ने व्यवस्था गरेको छ ।
अन्यथा होटलले तारेको रुपमा स्तरीकृत हुन पाउँदैन । तारे होटललाई प्रमाणित गर्न पर्यटन विभागका महानिर्देशकको संयोजकत्वमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (न्याथम) र होटल एसोसिएशन अफ नेपाल (हान) का प्रतिनीधि र सञ्चालकको प्रत्यक्ष संलग्नता सहितको समिति रहेको हुन्छ । तर सो मापदण्ड विपरित रहेको चौधरीको होटलमा गार्डेन, मापदण्ड अनुसारको कन्फरेन्स हल तथा पार्किङलगायतको सुविधा पर्याप्त नभएपछि तारेको मान्यता नदिइएको प्रष्ट पारेको छ । सो होटललाई अर्बपति विनोद चौधरीका छोरा राहुल चौधरीको नाममा सञ्चालक गरिएको उक्त होटेल गत माघ ३ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको जानकारी सहितको पत्र बोकेर विभाग पुगेको थियो ।
विभागमा भिभान्ता नाममा तारे होटलको मान्यता पाउन दिएको पत्रमा असली नाम भने ‘आर एण्ड आर’ नाममा काजगत पेश गरिएको पाईएको छ । सो होटलमा १ अर्ब ५ करोड रुपैयाँ लगानी गरेको विरण विभागमा पेश गरिएको छ । भिभान्ता भारतीय होटल ताजको व्यवस्थापनमा सञ्चालित रहेको प्रचार चौधरी ग्रुपले गर्दै आएको छ । हाल ५ तारे होटलको संख्या १५ वटा रहेको छ । जसमध्ये गत असारमा मात्रै २ वटा होटलहरु थप भएका छन् । जसमध्ये नक्सालस्थित मेरियट होटलले गत असार २ गते र ठमेलस्थित छाँयादेवी कम्प्लेक्समा सञ्चालित होटल अलफ्टले असार १६ गते पाँच चारे होटलको मान्यता पाएका थियो । १५ वटा पाँच तारेमध्ये अहिले २ वटा सञ्चालनमा रहेका छैेनन् । पोखरास्थित द फूलबारी रिसोर्ट र काठमाडौं नयाँबानेश्वरस्थित होटल एभरेष्ट बन्द रहेका छन् । यसैगरी, ४ तारे होटल ११ वटा रहेका छन् । ३ तारे होटल ३४, २ तारे होटल ४३ र १ तारे होटलको संख्या ३४ रहेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!