अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा मुख्यमन्त्रीको जोड;

- July 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

हेटौँडा, मुख्यमन्त्री डोरमणि पौडेलले अबको चार वर्षमा कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्नुपर्नेमा जोड  भएको छ ।

प्रदेश ३ सरकार र कृषि विकास बैंकबीच आज हेटौँडामा भएको समझदारीपत्र हस्ताक्षर कार्यक्रममा उहाँले कृषिमा प्रगति गर्न सामूहिक खेतीमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

बिरूवा रोप्दा  भविष्यमा आम्दानी दिने खालका फलफूलका बिरुवा रोप्न जोड दिँदै  मुख्यमन्त्री  पौडेलले भाषण गरेर मात्र समृद्धि नआउने हुँदा  मिहिनेत पनि गर्नुपर्छ भन्नुभयो ।

उक्त प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले समृद्ध नेपाल र सुखी नेपाली बनाउनका लागि माटोमा गएर काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । 

कृषि विकास बैक र प्रदेश सरकारको सम्बन्ध राम्रोसँग अगाडि बढेमा किसानका निम्ति हित हुने उहाँको भनाइ थियो । सोही प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले बैंकसँग भएको सम्झौता तत्काल कार्यान्वयनमा ल्याइने बताउनुभयो । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!