एलसी को नाम दिदै इनर्जी ड्रिंकको आयातमा लगाएको प्रतिबन्ध खुला

- July 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एलसी खोलिएको बस्तु आयात गर्न छुट, करोडौ मुल्यको चिनी भन्सारमै अलपत्र

काठमाडौं । सरकारले इनर्जी ड्रिंकको नाममा नेपाल आयात हुदै आएको पेयपदार्थमा लगाएको प्रतिबन्ध व्यवसायीकै योजनामा खुला गरेको छ । गत जेठ १० गतेको मन्त्रीपरिषद्को बैंठकले क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ (इनर्जी ड्रिंक र प्mलेबर सेन्थेटिक ड्रिक्सलगायत) को आयातमा बन्देज लगाउने निर्णय गरेको थियो । सो निर्णयसंगै नेपालमा विभिन्न नाममा भित्रदै आएका पेयपदार्थको व्यवसाय गर्ने व्यापारीको योजनामा प्रतिबन्द लगाएको केही दिनमै सरकारले प्रतिबन्द हटाएको छ । सरकारले घुमाउरो तरिकाबाट विभिन्न भन्सार नाकामा ‘एलसी’ मार्फत सामानको आयात गर्नेहरुलाई सो बस्तु नेपाल ल्याउन दिने भन्दै प्रतिबन्द खुला गरेको छ ।

तर, सरकारले नेपाली चिनी उत्पादनमा सहयोग पु¥याउने भन्दै आयात गर्नलाई लगाएको प्रतिबन्ध लामो समय वितिसक्दा समेत खुला नगर्दा करोडौ रुपैयाँको चिनी विभिन्न भन्सार नाकामा रोकिएको छ । भने चिनी आयात गर्ने व्यवसायीले लाखौ रुपैयाँ भाडा बुझाउदै आएको छ । गत वर्ष भदौ २० गते पूर्णरुपमा बिदेशबाट नेपालमा चिनी आयातमा लगाएको प्रतिबन्दका कारण साल्ट टे«ेडिङ कर्पोरेशनले आयात गरेको चिनी अहिलेसम्म सुख्खा बन्दरगाहामा रोकिएर बसेको छ । ६ करोड रुपैयाँभन्दा बढीको जरिवाना तिरेरे चिनी भन्सार नाकामै अलपत्र रहेको छ । सरकारकै शेयर भएको सो संस्थाले आयात गरेको चिनी विच बाटोमा रोकीको सो समस्यालाई समाधान गर्ने तर्फं अझै सम्म चासो देखाएको छैन । भने अर्कोतर्फ व्यापारीको सेटिङकै कारण एलसी खोलि सकिएको सामानको हकमा यो नियम नलाग्ने गरी ऐनको संशोधन गरि ल्याउने तयारीमा सरकार रहेको छ ।

आयात निर्यात सम्बन्धी सूचीत आदेशमा नयाँ व्यवस्था गरी सरकारले विभिन्न मुलुकबाट आयात हुने सबै प्रकारका क्याफिनयुक्त इनर्जी ड्रिंक्सको आयातमा प्रतिवन्ध लगाएको भएपनि व्यापारीहरुको सेटिङमा भने खुला गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पत्रकार सम्मेलन नै गरी क्याफिनयुक्त शक्तिबद्र्धक पेय पदार्थ र यस्तै प्रकारका पेय पदार्थको आयातमा पूर्ण रुपमा प्रतिबन्ध लगाएको जनाएको थियो । सरकारले पेय पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि पेय पदार्थको कम्पनी र ब्रान्ड नाम भने उल्लेख गरेको थिएन । तर सरकारले पेय पदार्थको आयातमा लगाएको प्रतिबन्दसंगै रेडबुललगायतका केही कम्पनीको आधिकारीक वितरक कम्पनीका सञ्चालकहरुले विरोध जनाउदै आएका थिए । मन्त्रिपरिषदले गत जेठ १० गते गरेको निर्णयअनुसार स्वास्थ्यमा हानी पु¥याउने यस्ता पेय पदार्थमाथि प्रतिबन्ध लगाइएको जनाएको थियो ।
नेपालमा मुख्यगरी मलेसिया, भियतनाम, बंगलादेशबाट रेडबुललगायतका विभिन्न शक्तिबद्र्धक पेय पदार्थ आयात हुदै आएका छन् । सरकारले यससम्बन्धी सूचना राजपत्रमा प्रकाशित समेत गरिसकेको भएपनि व्यापारीको सेटिङमा एलसी खोलीएको बस्तुको आयातलाई खुला गर्नु पर्नेभन्दै सरकारलाई दबाव दिएपछि सो आयातमा खुला गरेको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार रसायन, गुलिया, फलफूलको फ्लेबर, क्याफिन तथा सिन्थेटिक मिसाएर तयार पारिएको पेय पदार्थको सेवनबाट सर्वसाधारणको स्वास्थ्य पनि बिग्रने र ब्यापार घाटा पनि अत्याधिक हुने भएकाले यस्ता पेय पदार्थको आयातमा प्रतिबन्ध लगाइएको जनाउदै आएको भएपनि पछिल्लो समयमा एलसी खोली आयात गरि सकेकोलाई नेपाल भित्राउन दिने निर्णय सरकारले गरेको हो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ ।


युवापुस्ता र खेलाडीले शक्तिवद्र्धक पेय पदार्थका रूपमा बढी प्रयोग गर्ने गरेका यस्ता पदार्थले स्वास्थ्यमा प्रत्यक्ष प्रभाब पार्ने रिपोर्टहरु बाहिरएका छन् । युरोप र अमेरिकाका अधिकांश मुलुकले प्रयोगबाट मानव स्वास्थ्यमा पर्ने असरका बारेमा आफ्ना नागरिकलाई सचेत गराउँदै आएको समेत पाइएको छ । तर नेपाललगायत अल्प विकसित र विकासशील मुलुकमा भने यसले स्वास्थ्यमा पार्ने असरका बारेमा कुनै ध्यान नदिई आयात गर्न दिई रहेको पाईएको छ । केही समयका लागि थकान मेटिएको अनुभव भए पनि यसले कालान्तरमा अनिद्रा, रक्तचाप बढाउने, चिन्ता बढ्ने, ह्द्याघात, टाउको र छाती दुख्ने समस्या, पखाला लाग्ने, छिनछिनमा पिसाब लाग्ने समस्या, तौल बढ्ने, मिर्गौलामा समस्या देखापर्नेलगायतका समस्या देखिने गरेको रिपोर्ट सार्वजनिक भएका छन् । स्वास्थ्यलाई गम्भीर असर गर्ने रसायनिक पदार्थको मिसावट गरिएकै कारण स्वास्थ्यमा गम्भीर असर पुग्ने विज्ञरुको भनाई रहेको छ । यसमा भिटामिन बी १२ र ग्लुकोरोनोल्याक्टोन नामक हानिकारक रसायन मिसाइएको हुन्छ । उरुग्वे, डेनमार्क र नर्वेमा अहिले पनि बिक्रीवितरणमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ। यस्ता पेय पदार्थ कुबेतमा १६ वर्षभन्दा कम उमेरका व्यक्तिले किन्न पाउँदैनन्।


ब्रिटिस मेडिकल जर्नलका अनुसार रक्सीसँग शक्तिबद्र्धक पेय पदार्थ खाँदा मानिसको ज्यानै जान सक्ने कुरा उल्लेख गरिएको छ। जर्नलका अनुसार शक्तिबद्र्धक पेय पदार्थ र भोड्का मिसाएर खाँदा त्यो स्वाथ्यका लागि बढी हानिकारक हुने जनाएको छ । मानव शरिरमा दीर्घकालीन गम्भीर खालका रोगहरू निम्ताउने भन्दै ब्रिटिस मेडिकल जर्नलमा उल्लेख गरिएको छ। बेलायतमा लामो समयसम्म अनुसन्धानले गरेपछि शक्तिबद्र्धक पेय पदार्थ पिउँदा मानव स्वास्थ्यमा पर्ने असरका विषयमा उक्त निष्कर्ष निकालिएको हो। ‘देशको आपूर्ति व्यवस्था र सार्वजनिक हितलाई दृष्टिगत गरी कुनै वस्तु कुनै सार्वजनिक संस्था वा निकाय वा प्रचलित कानुन बमोजिम दर्ता भएको कम्पनी वा संस्थाबाट पैठारी गर्ने गरी नेपाल सरकारले आवश्यक व्यवस्था गर्न सक्नेछ,’ असार दुई गते राजपत्रमा प्रकाशित सुचित आदेशमा भनिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!