धनगढीको एक होटलमा बम विस्फोट,५ जना घाईते , चाइनिज पेस्तोल बरामद

- July 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

धनगढी ।  कैलालीको धनगढीस्थित शहीद चोक नजिकै एक होटेलमा बम विफोट भएको छ । विस्फोटमा परि ५ जना घाईते भएको समाचार स्रोत बताउँछ । विस्फोट किन र कसरी गराइएको भन्ने कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ । घाईते राम सिंह, लक्ष्मण सेरेला, मोबिन खान, जितेन्द्र यादव र केशवराज पाण्डेको स्थानीय माया–मेट्रो अस्पतालमा उपचार भईरहेको छ । पाण्डे होटेल सञ्चालक हुन् । घाइतेलाई उपचारका लागि मेट्रो अस्पताल लगिएको र घाइतेमध्ये होटेल सञ्चालक पाण्डेय र रामसिंहको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । होटेलमा चिया खान बसेकाले बोकेको बम विष्फोट भएको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रवक्ता बस्नेतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “टिफिन बक्समा राखिएको बम विष्फोट भएको अनुमान छ ।” घटनास्थलबाट चाइनिज पेस्तोल बरामद गरिएको र अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयका प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!