पहिरोले बुढीगंगा नदी थुनिएमा बाजुरा सहित अछाम पनि उच्च जोखिममा पर्ने,

- July 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एकेन्द्र महता, अछाम,  निरन्तर पहिरो खस्दै गएपछि बुढीगंगा थुनिदै गएको छ । नदी थुनिएमा बाजुरा र अछामका त्रिवेणी र साँफे आसपासका क्षेत्र जोखिममा पर्दै गएका छन् ।

यस क्षेत्रका मानवबस्तीसहित कृषि योग्य जमिन डुबानमा पर्ने छन् भने मार्तडी साफे सडक खण्ड अवरुद्ध हुने छ । नदीमा खस्दै गरेको पहिरोले यस क्षेत्र उच्च जोखिममा परेको छ ।

वर्षात शुरु भएसंगै अछामको साँफे र बाजुराको त्रिवणी नगर जोखिममा परेका छन् । त्रिवेणीकौ ९ पैमा र द्धारीमा पहिरो जान थालेपछि बढीगंगा थुनिदै गएको छ ।

नदीमा पानीको बहाव बढ्दै जाने र पहिरो झदै जाने हो भने बुढीगंगाले आसपासका मानव बस्तीसहित खेती योग्य जमिन डुबाउने छ । नदीको बहाव बढ्दै छ । वर्षात भर्खरै भएको छ । वर्षात रोकिने संभव छैन । वर्षात बद्दै गएमा झन जोखिम हुने देखिएको छ ।

हिउददेखि पहिरो निरन्तर झरिरहेको छ । पहिरो झरेर पैमामा बुढीगंगा थुनिदै गएको छ । नदी थुनिदै गएमा त्रिवेणीसहित साँफे नगर डुबानमा पर्ने त्रिबेणी नगरपालिका नगर प्रमुख राम सिंह रावलले बताए ।

गत वर्षदेखि उक्त ठाउँमा पहिरो बग्न थालेको हो । हिउदको समयमा पनि पहिरो पैमामा पहिरो झदै आएको छ । हिउदमा झर्ने पहिरोको खासै जोखिम नभएपनि वर्षातको पहिराले नदी थुनिदै गएमा सिंगो मानवबस्ती र खेतीयोग्य जमिन डुब्ने छन् ।

पहिरो खसिरहेको छ । नदी थुनिदै गएकोले स्थानीय त्रासमा छन् । हिउदमा खसेको पहिरोको खासै डर थिएन, तर वर्षातमा झरेको पहिरोले द्धवारीमा बुढीगंगा नदी थुनिदै गएको स्थानीय शंकर पाध्यायले बताए ।

लगातार पहिरो बढदै गएपछि र नदीमा ठूला ढुङ्गा खसीरहेका छन् । माटो बग्न छोडेको छ । नदी बीचमा ढुंगा झरिरको छ । नदी थुनिन थालेपछि स्थानीय आवत जावतमा कठिन भएको छ ।

सबै त्रासमा रहेको स्थानीयले बताएका छन् । गत वर्ष देखि नै पैमा र द्धारीमा लगातार पहिरो खसिरहेको छ, नदी एक छेउतिर गएपछि यता बुढीगंगा नगरपालिका १ अम्कोटको तलबाट पहिरो बग्न शुरु भएको हो ।

नदी थुनिने खतरासँगै नजिकै रहेको खेतियोग्य जमिन, झुलंगे पुल र साफे मार्तडी सडक खण्ड पनि उच्च जोखिममा परेका छन् ।

पहिरो खसिरहेको सामुन्ने रहेको साँफे मार्तडी सड्क खण्ड गत वर्ष वर्षातको तीन महिना अवरोध भएको थियो । पहिरोका कारण नदी साँघुरो बन्दै गएको छ, अर्को भागमा नदीले कटान गर्दै गएको छ ।

पहिरो बग्ने र नदीले कटान गर्दै गएमा जुनसुकै बेला पनि साँफे मार्तडी सड्क बन्द हुन सक्ने खतरा छ । पहिरोले नदी थुनिने जोखिम बढेसंगै सडक समेत अवरुद्ध हुने भएपछि सतर्कता अपनाइएको स्थानीय प्रशसनले बताएको छ सडकको विषयमासडक डिभजन कार्यालय अछामलाई सतर्क अवस्थामा रहन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी गंगाप्रशाद न्यौपानेले बताए ।

निरन्तर पहिरो खसेसंगै नदी थुनिदै गएको छ । नदी कटानसंगै सडक अवरुद्ध हुने जोखिम बद्दै गएको छ ।वर्षात शुरुवातीसंगै प्रकोपको खतरा छ ।

नदी थुनिदै गएमा बाजुराको ताप्रिसेरा, अछामको बुढाबगर, साँफेबगर लगायत ठाँउ उच्च जोखिममा परेका छन् । त्यो संगै पहिरा गएको गाँउ पैमा पनि बग्नेछ । यसर्थ पहिरो खसेर नदी थुनिदै जाने खतराको संकतलाई बेलैमा सजगता अपनाउन जिल्ला दैवीप्रकोप समिति सहित जिम्मेवार सबै चनाखो हुन आवस्यक छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!