बाढीपहिरो पीडितको उद्धार र राहातमा जुट्न चेम्बरद्वारा व्यवसायीलाई आग्रह

- July 15, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले बाढी पहिरो पीडितको उद्धार तथा राहातमा जुट्न सबै व्यवसायीहरुलाई अपील गरेको छ । कमर्सले देश दुःखमा परेको बेला सबैले सकेको सहयोग गर्न सो आव्हान गरेको छ ।विषम परिस्थितिमा खाद्य बस्तुलगायतका अतिआवश्यक बस्तुहरुको नियमित आपूर्ति व्यवस्था सहज बनाउन चेम्बरले उद्यामी, व्यवसायीलाई आग्रह गरेको कर्मशका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताएका छन् ।
साथै राहत तथा उद्धारमा निजी क्षेत्रबाट हुने सहयोग जिल्ला विपत व्यवस्थापन समितिमार्फत समन्वय गरी वितरण गर्न पनि चेम्बरले भनेको छ । पहिरो, बाढी तथा डुबानमा परी ज्यान गुमाउनेहरुप्रति नेपाल श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!