सेयर–बजार : घटेर नै रोकियो नेप्से

- July 11, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, आज बिहिबार पनि नेप्से घटेर नै रोकिएको छ । नेप्से आज शुुन्य दसमलव ६२ अंकले घटेर १२ सय ४८ दसमलव ५३ अंकमा पुुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव शुन्य एक अंकले घटेर दुुई सय ६८ दसमलव ३२ अंकमा पुुगेको छ ।

एक सय ७२ कम्पनीहरुको आठ हजार छ सय ५५ वटा कारोवारमा १६ लाख ५४ हजार दुुई सय ५१ कित्ता सेयर खरिद बिक्री भएकोमा कारोवार रकम ४६ करोड ३६ हजार पाँच सय ७१ रुपैयाँ पुुगेको छ ।

११ वटा समुहको कारोवार भएकोमा दुुई वटा समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक एक दसमलव नौ अंकले बढेर ११ सय २६ दसमलव ७६ अंकमा पुुगेको छ भने जलबिद्युुत समुहको सुचक पनि बढेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!