भिराडिल खाइके साकुराका दुई सदस्यले जापानका पार्क अवलोकन गर्ने

- June 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, काठमाडौं स्थित चन्द्रागिरी नगरपालिका वडा नं.१५ स्थित भिराडिल खाइके साकुरा पार्कका दुई सदस्य टोलीले जापानका विभिन्न पार्क अवलोकन गर्ने भएका छन् ।

उक्त वडाका अध्यक्ष उत्तमबहादुर राउत संरक्षक रहेको भिराडिल खाइके साकुरा पार्कका अध्यक्ष लोकनाथ सिलवाल र सदस्य कृपाल खड्कालाई आज एक कार्यक्रम गरि विदाई गरिएको हो । 

वडा अध्यक्ष उत्तमबहादुर राउतले उहाँहरुलाई विदाई गर्नुभएको हो ।

उहाँहरुले २ महिने अवलोकन भ्रमणमा जापानका विभिन्न पार्कको अवलोकन गर्नुहुनेछ र त्यसका प्राविधिक उपलब्धिहरु हासिल गर्नु हुने छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!