मेलम्चीमा बृहत रक्तदान कार्यक्रम सम्पन्न, ७८ जनाद्धारा रगत दान

- June 30, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

सञ्जय ताामङ, मेलम्ची सिन्धुपाल्चोक, रक्तदान जिबनदान भन्ने मुल नाराका साथ मेलम्चीमा बृहत रक्तदान कार्यक्रम भएको छ ।

प्रस्ताबित लायन्स क्लब अफ मेलम्चीको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको संयोजन र प्राथमिक स्वास्थ्य केन्द्र मेलम्ची, मेलम्ची ब्याडमिन्टन टिम लगायत मेलम्चीमा रहेका बिभिन्न बिद्यालयहरुको सहयोगमा रक्तदान कार्यक्रम भएको हो ।

बिहान ८ बजे बाट दिउँसो २ बजे सम्म भएको रक्तदान कार्यक्रममा ७८ जनाले रगत दान गरेको आयोजकले जनाएको छ ।

देशका बिभिन्न अस्पतालहरुमा हुने रगत अभाबलाई न्यूनिकरण गर्न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखासँगको साझेदारीमा सबै मिलेर रक्तदान कार्यक्रम गरिएको सहयोगी बिद्यालय प्रगती अंग्रेजी माध्यामिक बिद्यालयका अध्यक्ष बिजय कृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!