एक घर एक घारा अन्तरगत ४८ घरमा ४८ धारा निर्माण

- June 23, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

एकेन्द्र महता, साँफेबगर, अछाम,  अछामको चौरपाटी गाउँपालिका वडा नं ४ पायलको मद्नेमा एक घर एक घारा अन्तरगत टोलका ४८ घरमा ४८ धारा निर्माण गरिएका छन् ।

चौरपाटी गाउँपालिकाको २८ लाख र मदनेका स्थानीयको ४ लाख सहयोगमा ४८ घरमा ४८ ओटा धारा निर्माण गरीएका छन् । धारा निर्माण भएसंगै सो टोलका स्थानीयले खाने पानीको सहजता हुने विश्वास लिएका छन् ।

निर्माण भएका खानेपानी धाराको प्रतिनिधि सभा सदस्य तथा पुर्ब उपप्रधानमन्त्री भिम बहादुर रावलले शनिबार उदघाटन गर्नुभएको छ ।

खानेपानी उदघाटन कार्यक्रममा बोल्दै पूर्बउपप्रधानमन्त्री रावलले निर्माण गरीएका धाराको सबैले संरक्षण गर्नु पर्ने बताउनु भएको छ ।

खानेपानीको उद्घाटन गर्दै रावलले पानी जीवन सङ्ग जोडिएको कारण निर्माण गरीएका धाराको संरक्षण गर्दै सरसफाइमा ध्यान दिन आग्रह गर्नुभयो ।

खानेपानीको उद्घाटन कार्यक्रममा राष्ट्रिय सभा सदस्य शेर बहादुर कुँवर, शूदुर पश्चिम प्रदेससभा सदस्य गोबिन्द कुँवर लगाएतको सहभागिता रहेको थियो ।  


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!