प्रमले पत्रकार सम्मेलनमार्फत गुठी विधेयकबारे भनाइ सार्वजनिक गर्ने

- June 18, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली काँग्रेसको अवरोधका कारण युरोप भ्रमण र गुठी विधेयकलगायत समसामयिक विषयमा संसद्लाई जानकारी गराउन नपाएकामा आफू दुःखी भएको जनाउनुभएको छ । 

प्रधानमन्त्री ओलीले आजको प्रतिनिधिसभाको बैठक स्थगनपछि ट्वीट गर्दै भन्नुभएको छ, “समसायिक विषयहरूमा रहेको जनचासोका सन्दर्भमा सम्मानित सदनलाई आज जानकारी गराउन पाइन । यस घटनाबाट म दुःखी भएको छु ।”

प्रतिनिसभाको आजको बैठक शुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीलाई सम्बोधनका लागि समय दिएपछि प्रतिपक्षी काँग्रेसका सांसद्ले रोष्ट्रम घेराउ गरेपछि बैठक स्थगन भएको थियो ।

प्रधानमन्त्री ओलीले सोही विषयमा आज साँझ पत्रकार सम्मेलन गरेर आफ्ना भनाइ सार्वजनिक गर्ने बुझिएको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!

 

 

तीव्र अपडेट