सेयर–बजार : नेप्सेमा झिनो अंकले सुधार

- June 17, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, सोमबार नेप्सेमा झिनो अंकले सुधार आएको छ । नेप्से दुुई दसमलव ६३ अंकले बढेर १२ सय ६० दसमलव ९० अंकमा पुुगेको छ भने सेन्सिटिभ पनि शुन्य दसमलव २९ अंकले बढेर दुुई सय ७० दसमलव २६ अंकमा पुुगेको छ ।

एक सय ७३ कम्पनीहरुको छ हजार एक सय ५६ वटा कारोवारमा १३ लाख ७३ हजार एक सय २० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ४० करोड ३५ लाख ३८ हजार एक सय ४७ रुपैयाँको कारोवार भएको छ । 

११ वटा समुहको कारोवार भएकोमा तीन वटा समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । बाँणिज्य बैक समुहको सुचक एक दसमलव १७ अंकले बढेर ११ सय २९ दसमलव ६४ अंकमा पुुगेको छ । 


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!