अडान राख्न नसक्दा दाहाल कमजोर, समाजवादीभित्र रस्साकस्सी

- June 16, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं, एकैदिनमा एउटा विषयमाथि फरक फरक भनाइ राख्न थालेपछि नेकपाभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उचाइ घट्दै गएको छ ।

मिलेर एउटै नाम राख्दा पनि अलगअलग पार्टीको व्यवहारमा रहेका नेकपाका दुई घटकमध्येको एक घटक यतिबेला दाहालका कारण चिन्तित बन्न थालेको छ ।

दुई ठूला कम्युनिष्ट पार्टी नेकपा एमाले र नेकपा माओवादीले चुनावी गठबन्ध्नसँगै गत वर्षको जठ ३ गते पार्टी एकता भएको घोषणा गरेका थिए ।

गत वर्षको जेठ ३ गते एकीकरण भएको पार्टीले गत महिनाको ३ गते पार्टी एकीकरणको काम सम्पन्न भएको घोषणा पनि गर्यो । तर, पार्टी एकता सकिएको भोलिपल्टैबाट एकीकृत नेकपामा दुई पार्टी समानान्तर हिसाबले आफ्नै हैसियतअनुसार सतहमा आएका छन् ।

दुवै पक्षका नेताहरुको भनाइ र विचार पनि अलगअलग देखिएका छन् । नाम दुवैको एउटै छ तर एउटै पार्टीको अस्तित्व भने स्वीकार गर्न नसकेको प्रष्टै रुपमा देखिन थालेको छ ।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणपछि नेकपामा रहेका दुई अध्यक्षमा आएको आलोपालो प्रधानमन्त्रीको विषयले यतिबेला नेकपामा देखिएका गुट र उपगुटहरुसमेत छिन्नभिन्न हुने अवस्थामा पुगेका छन् ।

पार्टीमा दुई सामानान्तर अध्यक्ष भए पनि ओलीले अर्का अयक्ष पुष्पकमल दाहाललाई कहिलेसम्म अध्यक्षको हैसियत दिएका छैनन् । आफूले कुनै पनि भूमिका नपाएपछि र पटक पटक पार्टीत्रि अपमानित हुन परेको भन्दै अध्यक्ष दाहालले यही अवस्थामा पार्टी एक भएको मान्न नसकने संकेत पनि गर्दै आएका थिए ।

उनले आली भारत गएका समयमा दुई अध्यक्षका बीचमा आलोपालो प्रधानमनत्री बन्ने सहमति भएको र त्यो अनुसार नभए ठूलो दुर्घटना हुने बताएपछि अहिले प्रत्यक्ष रुपमै दुई अध्यक्षले दुई पार्टीको नेतृत्व गरिरहेको देखिएको मात्र छैन माओवादी पक्षका केही नेताहरुले त खुलेरै भन्नसमेत थालेका छन् ।

ओली भारत पुगेर फर्किएपछि नेकपामा दुई पार्टी समान हैसियतमा छन् भन्ने कुरा केबाट पनि पुष्टि भएको छ भने एक अध्यक्षले अर्को अध्यक्षलाई कमजोर पार्न सारथीहरु विपरीत दिशाबाट चुनेका छन् ।

अध्यक्ष ओलीले माओवादीका प्रभावशाली नेता तथा अहिलेका गृहमन्त्री रामबहादुर थापालाई साथ लिएका छन् भने अध्यक्ष दाहालले पूर्व एमालेका प्रभावशाली नेता वामदेव गौतमलाई साथमा लिएका छन् ।

दाहाल गौतमलाई पार्टी शक्तिशाली संगठन विभाग गौतमलाई दिनुपर्ने पक्षमा देखिए भने अध्यक्ष ओली थापालाई संगठन विभागको जिम्मेवारी दिने तयारीमा छन् ।

थापाप्रति पूर्व एमालेका शक्तिशाली नेताहरु सहमति छैनन् भने दाहालले छानेका गौतमका पक्षमा पूर्वमाओवादीबाट विरोध आएको छैन । यसमा प्रधानमन्त्री ओली सारथी चुन्नमा चुकेको विश्लेषण हुन थालेको छ ।

पटक पटक पार्टी परिवर्तन गर्दै अवसरको खोजीमा रहेका थापा र पार्टीमा कुनै समयमा राम्रो छवि बनाएका गौतमका बीचमा तुलनै हुन नसक्ने दुवै पक्षका नेताहरुको बुझाइ छ । पूर्वमाओवादी पक्षधरहरु अध्यक्ष दाहालले एउटै अडान छाड्न नहुने अडान राखिरहेका अवस्थामा दाहालका भनाइहरु ठाउँ र मञ्चअनुसार फरक हुन थालेका छन् ।

दाहालले आलोपालो प्रधानमन्त्रीमा भएको विषयलाई बंग्याउन थालेका छन् । दाहालको स्थिर अडान भएकाले अहिले अध्यक्ष भएर पनि उनको हैसियत नेकपामा माधव नेपालको भन्दा तल परिरहेको छ ।

यो कुरा माओवादी पक्षका नेताहरुलाई पनि मन परेको छैन । एक पटक बोलेपछि त्यो कार्यान्वयनमा नजाउन्जेल भाषा परिवर्तन गर्न नहुनेमा दाहालले एकैदिनमा तीन थरीका भाषा बोल्न थालेपछि माओवादी पक्ष अहिले नेकपामा आफूलाई कमजोर महसुस गरिरहेको छ ।

उता, एमाले पक्षका नेताहरुले जो अध्यक्ष्ँ बन्छ त्यही प्रधानमन्त्री हुने अडान छाडेका छैनन् । नेताहरुका अनुसार पार्टीको नाम मिले पनि उनीहरुको विचार जिल्लादेखि तलका संगठनमा समेत मिल्न सकिरहेका छैनन् ।

पूर्व माओवादीका नेताहरुले सशस्त्र जनआन्दोलन सुरु गरेको दिनलाई भव्यताका साथ मनाउन आयोजना गरेको कार्यक्रममा ओली मात्रै होइन पूर्वएमालेका सिनियर कुनै पनि नेता नपुगेपछि विचार नमिलेको प्रष्टै भएको हो, देशान्तरमा उल्लेख छ ।

एमालेसँग माओवादीको एकीकरण भएसँग माओवादी हुँदासम्म एमाले अध्यक्षको नाताले सक्दो विरोध गरेका ओलीले अहिले कार्यक्रममा सहभागिता जनाउँदा व्यापक विरोध खेप्नुपर्ने डरले सहभागिता नजनाएको उनीहरु बताउँछन् । यसैगरी अरु धेरै विषयमा पनि विचरा मिल्न सकेको छैनन् । 

समाजवादीभित्र रस्साकस्सी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!