कारागारभित्रै लागूऔषध कारोबारः श्रीमानको सेटिङ श्रीमतीको धन्दा

- June 14, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

कास्की ,नौ सय थान लागूऔषधसहित देवीकुमारी गुप्ता बुधबार पोखराको अमरसिंह चौरबाट पक्राउ परिन् ।

प्रहरीले सोधखोज गर्दा पत्ता लाग्यो, उनका श्रीमान् लागूऔषध मुद्दामै कास्की कारागारमा छन् । प्रहरी त्यतिखेर झन चकित बन्यो जब कारोबार कागारभित्रैबाट भएको पत्ता लाग्यो ।

देवीकुमारीका श्रीमान् उदयकुमार पुराना लागूऔषध कारोबारी हुन् ।

अपहरण मुद्दामा ७ वर्ष कैद भुक्तान गरिरहेका भारतीय नागरिक पवनकुमार सहनीसँग मिलेर उदयकुमारले कारागारबाट लागूऔषध कारोबार गरिरहेको खुलेको हो ।

प्रहरीसँगको बयानमा देवीकुमारीले सहनीकी श्रीमती मनीषाले भैरहवाबाट लागूऔषध पठाउने गरेको बताएकी छन् ।

कारगारभित्रै चिनजान भएका पवनकुमार र उदयकुमारले लागूऔषध कारोबारको योजना तयार गरेको छ ।

भारतबाट आयत हुने लागूऔषध पवनकुमारकी श्रीमतीले भैरहवाबाट पोखरा सप्लाई गर्ने र उदयकुमारकी श्रीमतीले कास्कीमा त्यसको व्यापार गर्ने गरेको प्रहरीले लिएको बयानबाट खुलेको हो । कान्तिपुरबाट ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!