टाँडीका डिएसपी आचार्य भन्छन् : किसानहरूको गुनासो आउन दिन्न

- June 12, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

प्रनिश  थापा, चितवन, ईलाका प्रहरी कार्यालय टाँडीका डिएसपी सन्तोष आचार्यले पुर्वी चितवनका किसानहरूको गुनासो आउनै नदिने गरी आफूले काम गर्ने बताउनुभएको छ ।

झन्डै एक महिना अगाडि सरुवा भइ कार्यालय प्रमुखको रूपमा चितवनको रत्ननगरमा आउनु भएका डिएसपी आचार्यलाई स्वागत कार्यक्रममा चितवनका केरा किसानहरुले विगतको अवस्था दोहोरिन नदिन आग्रह गरेका थिए ।

झन्डै एक वर्षअघि पुर्वी चितवनको कालिका नगरपालिका ६ मा अज्ञात समुहले एकै रात ३ हजार भन्दा केराको बोट फडानी गरेर नष्ट गरिदिएपछी त्रासमा रहेका किसानहरूले डिएसपी आचार्यसंग सुरक्षा प्रत्याभुती गराउनुपर्ने जोड दिएका थिए ।

कृषकहरूको गुनासो सुने लगत्तै डिएसपी आचार्यले केरा व्यवसायमा सुरक्षा प्रत्याभुति गराउन आफूले कुनै कन्जुस्याइँ नगर्ने बताउनुभएको थियो । साथै, डिएसपी आचार्यले आफ्नो कार्यकालमा असुरक्षाकै कारण कुनै पनि ब्यापारीले आफ्नु व्यवसाय छाड्नुपर्ने अवस्था आउन नदिने तर्फ आफू प्रतिबद्ध रहेको समेत बताउनुभएको छ ।

कार्यक्रममा चितवन केरा जोनका संयोजक खेमराज सुवेदी, संघका पुर्व अध्यक्ष यज्ञ सुवेदी, संघका महासचिव वेद भट्टराई, संघका प्राविधिक सल्लाहाकार नोदनाथ लामिछाने, संघका सल्लाहाकार जयचन्द्र प्रसाद चौधरी लगायतले व्यवसाय गर्दा सुरक्षा निकाय लाई गुहार गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने धारणा राखेका थिए । अहिले जिल्लामा ३ हजार विगाहा क्षेत्रफलमा करिब ७ सय किसानले केराखेती गर्दै आएका छन् ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!